ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हरि ढकालको आक्रोश : एउटा क्रिकेट स्टेडियम छैन, मुख्यमन्त्रीलाई सुत्न काठमाडौंमा आलिसान दरबार


एबीसी न्यूज
१८ भदौ २०८०, सोमबार   ३ : १५   बजे

काठमाडौं, १८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नेपाली खेलाडीहरुको आर्थिक दुरावस्थाको चित्र सोमबारको प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरेका छन्।

प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्ने क्रममा उनले अहिलेसम्म नेपालको खेल क्षेत्र खेलाडी र उनका अभिभावकको बलबुताले टिकेको बताए।

‘नेपालको खेल इतिहास र खेल क्षेत्र जोगाएको छ भने त्यो खेलाडीको बलबुता र अभिभावले गर्दा हो। भारतसँग हाम्रा खेलाडी उत्रिँदै गर्दा हाम्रा खेलाडीको हालत के छरु’, उनले भने, ‘भारतीय खलाडीको अवस्था कस्तो छरु उनीहरुसामु हाम्रा खेलाडी कसरी खेलिरहेका छन्रु सरकारले यसबारे कहिले सोचेको छरु’

ढकालले भारतीय र बंगलादेशी खेलाडीले पाउने तलबको फेहरिस्त पनि प्रस्तुत गरेका छन्।

‘भारतका ए प्लस खेलाडीका लागि राज्यले ७ करोड भारु तलब दिन्छ। ए लाई ५ करोड भारु तलब दिन्छ। बंगलादेशले ए प्लस खेलाडीलाई वार्षिक ५७ हजार डलर दिन्छ’, उनले भने, ‘तर हाम्रा खेलाडीमा एु लाई ६० हजार,बीुलाई ४५ हजार र सीुलाई ३० हजार दिने गरेको छ। राज्य यस्तो छ, अहिलेसम्म खेलाडीले एक पेट खाएर हाम्रो इज्जत धानेका छन्।’

उनले खेलाडीको यो तथ्यांक प्रस्तुत गर्दा लाजलाई पनि लाज लाग्नुपर्ने हो भन्दै सरकारमाथि व्यंग्य कसे।

‘क्रिकेटहरुबारेमा नेताहरुको भाषण सुन्दै गर्दा, शुभकामना दिँदै गर्दा जनताले खिसीट्युरी गरिरहेका छन्। किन नगरुन् तरु’, उनले भने, ‘यही हालतले गर्दा हो। एउटा अन्तर्राष्ट्रिय स्टेडियममा लाइट हाल्दैन, स्टेडियम बनाउँदैन सरकार। बनाउँछ त भैंसेपाटीतिर मुख्यमन्त्रीलाई सुत्न आलिशान महल, भब्य दरबार।’

ढकालले यतिका दशक बितिसक्दा पनि स्टेडियम बनाउन नसक्ने तर मुख्यमन्त्रीलाई सुत्न दरबार बनाउने भन्दै सरकारमाथि पटक पटक प्रहार गरे।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

सम्बन्धित

मनसुनको उच्च जोखिम: शनिबार–आइतबार रातिको यात्रा नगर्न प्राधिकरणको आग्रह

सिंहदरबार अगाडि घण्टी बजाएर विरोध

वैशाखयता विपद्‍मा १६४ जनाको मृत्यु, ४५ सय परिवार प्रभावित

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu