ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पैसा नदिएको झोकमा साथीसँग मिलेर हजुरआमाको बीभत्स हत्या


एबीसी न्यूज
१८ भदौ २०८०, सोमबार   ३ : १८   बजे

काठमाडौं, १८ भदौ । दार्चुलाको मालिकार्जुन गाउँपालिका–७ टोपालीकी ८३ वर्षीया वृद्धा भागरथीदेवी चन्दको हत्या उनकै नातिले आफ्ना साथीसँग मिलेर गरेको खुलेको छ।

घटनामा संलग्न नाति २१ वर्षीय दीपक चन्द र उनका साथी दुहुँ गाउँपालिका–३ ब्रह्मदेवका १८ वर्षीय आशिष बमलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनापछि फरार उनीहरूलाई कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बसपार्कबाट प्रहरीले पक्राउ गरेको थियो। उनीहरूलाई दार्चुला झिकाएर ज्यान सम्बन्धि कसुर अपराधमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

११ भदौमा वृद्धाको घर भन्दा करिब २ सय मिटर पर खोल्सामा शव झारले लुकाइएको अवस्थामा फेला परेको थियो। मृतक वृद्धा टोपालीस्थित घरमा एक्लै बस्थिन्।

उनी भदौ ८ गते रातिदेखि सम्पर्कमा थिइनन्। अर्को दिन छिमेकीले भागरथीलाई घरमा नदेखेपछि महेन्द्रनगर बस्ने जेठो छोरालाई खबर गरेका थिए।

त्यसपछि १० भदौमा प्रहरीलाई पनि खबर गरिएको थियो। वृद्धा बस्ने घरमा चाबी लगाइएको थियो। छोराको रहोबरमा प्रहरीले चाबी तोडेर भित्र पस्यो। तर भागरथी भेटिएनन्।

खोजी गर्दै जाँदा अर्को दिन बीभत्स तरिकाले हत्या गरेर खोल्सामा लुकाएको अवस्थामा उनको शव भेटियो।

पैसा नदिएको झोकमा हत्या
घटनामा पक्राउ परेका नाति दीपक र उनका साथी आशिषले अपराध स्वीकारेका छन्।

प्रहरीसँगको प्रारम्भिक बयानमा पैसा नदिएको झोकमा हत्या गरेको उनीहरूले स्वीकारेका छन्।

प्रहरीका अनुसार ८ गते दीपक साथी आशिषलाई सँगै लिएर पैसा माग्न हजुरआमा भागरथी कहाँ पुगे। उनीहरू भारत जाने योजनामा थिए।

दीपकका बुवा दशकअघिदेखि सम्पर्कविहीन छन्। आमा र दिदी भारतमा बस्छन्। हजुर आमासंग दीपक बेला बेला पैसा मागिरहन्थे।

‘पैसा माग्न जाँदा हजुर आमासंग विवाद भएको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले भने, ‘हजुरआमाले पैसा नदिएको झोकमा घटना गराएको आरोपितले स्वीकारेका छन्।’

भागरथीलाई उनी बस्ने कोठामा हँसिया, कैची र चक्कुले घाँटी, छाती, पेटमा घोपेर घाँटी रेटेर निर्मम हत्या गरेको प्रहरीले जनाएको छ।

उनीहरूले हत्यापछि बाकसमा राखेको अमेरिकी डलर एक सय दरका ५ नोट, एक हजार दरको कोरियन एक नोट, कानमा लगाएको सुन, ४० हजार नेपाली रुपैयाँ लुटेका थिए।

घटना लुकाउन के के गरेरु
घटना लुकाउन उनीहरूले शव घर नजिकैको भिरालो जमिनमा फालेका थिए। प्रहरीका अनुसार शवलाई माथिबाट झारले लुकाएका थिए।

उनीहरूले रक्ताम्य घटनास्थल पुछ्नुको साथै डिटोल समेत छर्केको प्रहरी समक्ष बयान दिएका छन्। रगत सफा गरेपछि उनीहरूले हँसिया कोठामै राखे।

पैसा, सुन लिएर घरमा कोठामा चाबी लगाएर हिँडेका दुवै जनाले चाबी र घटनामा प्रयोग भएका चक्कु र कैँची फालेका थिए।

घटनाको केही दिनपछि प्रहरीले रुखको हाँगामा अड्किएको अवस्थामा घरको चाबी र प्रयोग भएको चक्कु तथा कैँची फेला परेको थियो।

आरोपित दुवै जना घटनापछि पुलघाटबाट भारत भागे। त्यहीँको बाटो हुँदै गड्डाचौकी नाकाबाट नेपाल प्रवेश गरेर काठमाडौँ जाने योजनाका साथ महेन्द्रनगर पुग्दा प्रहरीले उनीहरूलाई समातेको हो।

‘नाति दीपक फरार हुनुले शंकाको सुई उनीतर्फ थियो, हामीले सुक्ष्म निगरानी राख्यौँ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘भारत भागेका उनीहरूको नेपाली सीम बन्द थियो, काठमाडौँ लुकेर बस्ने योजनाका साथ महेन्द्रनगर पुगेका बेला समात्न सफल भएका हौँ।’
उनीहरूको साथबाट २१ हजार रुपैयाँ पनि बरादम गरिएको प्रहरीले जनाएको छ। लुटेको गरगहना बचेको उनीहरूले प्रहरी समक्ष बताए।

गहना बेच्न प्रयोग भएका व्यक्ति र किनेका व्यक्तिमाथि पनि अहिले प्रहरी अनुसन्धान गरिरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group