ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धनगढीमा विद्युतीय धरापमा परेर महिलाको मृत्यु, एकजना पक्राउ


एबीसी न्यूज
१९ भदौ २०८०, मंगलबार   ८ : ४०   बजे

काठमाडौ भदौ १९ । जंगली जनावरका लागि खेतमा थापेको विद्युतीय धरापमा परेर कैलालीको धनगढीमा एक महिलाको मृत्युु भएको छ ।मृत्यु हुनेमा धनगढी–३ बस्ने अन्दाजी ३२ वर्षीया मञ्जु कुँवर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए ।धनगढी उपमहानगरपालिका–३ स्थित होल्डिङ सेन्टर नजिकै सोमबार राति करीब ११ बजेतिर उनी विद्युतीय धरापमा परेकी थिइन् ।

विद्युतीय धरापमा परी गम्भीर घाइते भएकी कुँवरलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक बस्यालले बताए । उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।जंगली जनावरबाट धानबाली जोगाउन भन्दै खेतको आलीमा स्थानीय ४८ वर्षीय जंगलिया चौधरीले करेन्ट प्रवाह गरेको र त्यही करेन्ट लागेर मञ्जु कुँवरको मृत्यु भएको प्रहरीको भनाइ छ ।प्रहरीले खेतमा विद्युतीय धराप राखेका जंगलिया चौधरीलाई पक्राउ गरेको छ । चौधरीले जंगली जनावरबाट धानबाली जोगाउन करेन्ट छाडेको बयान दिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

सम्बन्धित

मनसुनको उच्च जोखिम: शनिबार–आइतबार रातिको यात्रा नगर्न प्राधिकरणको आग्रह

सिंहदरबार अगाडि घण्टी बजाएर विरोध

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन

वैशाखयता विपद्‍मा १६४ जनाको मृत्यु, ४५ सय परिवार प्रभावित

मन्त्री फेरबदलको बहस : नयाँ राजनीतिको परीक्षा कि पुरानै संस्कारको पुनरावृत्ति?

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu