ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले लुम्बिनी : नेतृत्व छान्न मतदान, पोखरेल र पौडेल समूहबीच टक्कर


एबीसी न्यूज
१९ भदौ २०८०, मंगलबार   १२ : ०७   बजे

काठमाडौं, १९ भदौ । रुपन्देहीको बुटवलमा तीन दिनदेखि जारी नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा अहिले मतदान चलिरहेको छ।

अध्यक्षसहितका पदाधिकारी पदमा सहमति हुन नसकेपछि मतदान प्रक्रियाबाट नेतृत्व छान्न लागिएको हो।

मंगलबार  बिहान साढे ९ बजेदेखि मतदान भइरहेको निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीले बताए।

एमाले लुम्बिनीको अध्यक्षका लागि पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरि रिजालबीच प्रतिस्पर्धा छ।

प्रथम अधिवेशनमै एमाले लुम्बिनीमा महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल समूहको गुटबन्दी तलैसम्म देखिएको छ।

दुई नेताले अधिवेशन उद्घाटका क्रममा कुनै गुटबन्दी नगरेको दाबी गरे पनि लुम्बिनीमा जिल्लासम्मै दुईवटा समूह बन्न पुगेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन सभा र बन्द सत्रमा समेत सर्वसम्मत नेतृत्व छान्न दबाब दिए पनि दुई पक्ष तयार भएनन्।

एमालेको भावी अध्यक्षका रुपमा चित्रित पोखरेल र पौडेल दुवैजना आफ्नो पक्षका नेताहरुलाई ब्याक गराउन तयार नभएपछि चुनावी प्रतिस्पर्धा भएको हो।

पौडेल प्यानलबाट कँडेल समूह र पोखरेल प्यानलबाट रिजाल समूह चुनावी मैदानमा छ। बाहिर गुट नगर्ने भने पनि यी दुई नेताबीच नेतृत्वका लागि कडा टक्कर देखिएको छ।

नयाँ नेतृत्वका लागि पाँच पदाधिकारी पदमा १४ जनाले उम्मेदवारी दिएका छन्। सचिव पदमा भने दाङका लक्ष्मण आचार्य निर्विरोध भइसकेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group