ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माघमा पार्टीको महाधिवेशन गर्ने माधव नेपालको प्रस्ताव, विवाद भएपछि भएन पारित


एबीसी न्यूज
१९ भदौ २०८०, मंगलबार   १२ : १६   बजे

काठमाडौं, १९ भदौ । नेकपा एकीकृत समाजवादी पार्टीमा नेताहरूबीच समझदारी जुट्न नसक्दा राष्ट्रिय महाधिवेशन अन्योलमा परेको छ।

सोमबार बसेको सचिवालय बैठकमा अध्यक्ष माधवकुमार नेपालले आगामी माघ ५–७ गते गर्ने प्रस्ताव राखेका थिए।

तर, ३ महिने अभियानकै बेला महाधिवेशनको तयारी गर्न सम्भव नहुने सम्मानित नेता झलनाथ खनाल लगायतले विषय उठाएपछि बैठक कुनै ठोस निर्णय नगरी सकिएको हो।

‘सचिवालयका थुप्रै सदस्यले पार्टीको तत्कालीन कार्ययोजना र महाधिवेशनबीच सन्तुलन मिलेन भनेर अध्यक्षको प्रस्ताव कार्यान्वयन गर्न नसक्ने बताउनुभयो,’ एकीकृत समाजवादीका एक पदाधिकारीले नेपालखबरसँग भने, ‘अलि कन्ट्रोभर्सी भयो भनेपछि विवाद जस्तैपर्‍यो। अध्यक्षको महाधिवेशन प्रस्ताव पारित भएन।’

अध्यक्ष नेपालले जनकपुरमा माघको पहिलो हप्ताका लागि महाधिवेशन मिति पारित गर्ने योजना असफल भएको छ।

बैठकमा खनाल लगायतका नेताहरूले केन्द्रिय सदस्य टुंगो लगायर अन्य निर्णय पछि गर्न सुझाव दिएका थिए।

‘केन्द्रीय सदस्य मनोनयन र कार्यविभाजन हेरफेरको विषयमा अध्यक्षले ल्याएको प्रस्ताव अस्वीकृत भयो र आज पेस गर्न दिनुभएन,’ ती नेताले थपे, ‘अध्यक्षले कोहिसँग सल्लाह गरेको जस्तो नदेखिएपछी सचिवालय सदस्यले थप अध्ययन गर्न समय माग्नु भएको छ।’

तर त्यसमा पनि सहमती जुटेको छैन। बैठक फेरि आगामी २२ गते बस्नेछ।

एमसीसीको विषयले विवाद बढेपछि उपाध्यक्ष राजेन्द्र पाण्डेको नेतृत्वमा अनुगमन संयन्त्र बनाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

सम्बन्धित

मनसुनको उच्च जोखिम: शनिबार–आइतबार रातिको यात्रा नगर्न प्राधिकरणको आग्रह

सिंहदरबार अगाडि घण्टी बजाएर विरोध

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन

वैशाखयता विपद्‍मा १६४ जनाको मृत्यु, ४५ सय परिवार प्रभावित

मन्त्री फेरबदलको बहस : नयाँ राजनीतिको परीक्षा कि पुरानै संस्कारको पुनरावृत्ति?

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu