ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालेनले सरकारलाई ‘चोर’ भनेको शतप्रतिशत सही छ : सांसद अग्रहरी


एबीसी न्यूज
१९ भदौ २०८०, मंगलबार   १२ : ३३   बजे

काठमाडौं, १९ भदौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी सांसद अमृतादेवी अग्रहरीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले संघ सरकारलाई लगाएको आरोप सही भएको बताएकी छन् ।

गएको शनिबार राति मेयर बालेनले सामाजिक सञ्जालमा केन्द्र सरकारलाई ‘चोर’को संज्ञा दिएका थिए । सोमबार बिहान उनले फेसबुकबाट सो स्ट्याटस हटाइसकेका छन् । सांसद अग्रहरीले बालेनको सोही भनाइको समर्थन गरेकी हुन् ।

प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकमा उनले ‘बालेनले चोर भनेको शतप्रतिशत सही’ रहेको बताइन् । विमानस्थलबाट ठूलो परिमाणमा अवैध सुन भित्र्याइएको विषयलाई उनले त्यसको उदाहरणका रूपमा प्रस्तुत गरिन् ।

“बालेनले चोर भनेको कुरा शतप्रतिशत सही छ, किनभने विमानस्थलबाट १०० किलो सुन छिर्छ,” सांसद अग्रहरीले समिति बैठकमा भनिन्, “जनता मारमा परेका छन्, तर सरकारलाई चासो छैन ।”

मेयर बालेनले सोही स्ट्याटसमार्फत ‘सिंहदरबारमा आगो लगाइदिने’ धम्की समेत दिएका थिए । सांसद अग्रहरीले उक्त चेतावनी भने गलत रहेको स्पष्ट पारिन् । “सिंहदरबारमा आगो लगाउँछु भन्ने कुरा गलत हो,” उनले भनिन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

सम्बन्धित

मनसुनको उच्च जोखिम: शनिबार–आइतबार रातिको यात्रा नगर्न प्राधिकरणको आग्रह

सिंहदरबार अगाडि घण्टी बजाएर विरोध

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन

वैशाखयता विपद्‍मा १६४ जनाको मृत्यु, ४५ सय परिवार प्रभावित

मन्त्री फेरबदलको बहस : नयाँ राजनीतिको परीक्षा कि पुरानै संस्कारको पुनरावृत्ति?

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu