काठमाडौ भदौ १९ । पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।प्युठानको मल्लरानी गाउँपालिका ४ खलङ्गा स्थायी घर भई अहिले काठमाण्डौ सामाखुसी बस्ने नवराज खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।नवराजले सन्दीप परियारलाई पोर्चुगलमा राम्रो कम्पनीमा काममा लगाइदिने र त्यसका लागि १५ लाख रुपैयाँ लाग्ने भन्दै पटक पटक गरी तीन लाख रुपैयाँ लिएका थिए ।
पोर्चुगल पुगेपछि महिलाको डेढ लाख रुपैयाँभन्दा बढी कमाइ हुने नवराजले प्रलोभन देखाएका थिए ।तर तीन लाख रुपैयाँ रकम लिएपछि नवराज सम्पर्क विहीन भएका थिए । रकम लिएर एजेण्ट फरार भएपछि सन्दीपले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए ।विभागको पत्राचार अनुसार रकम ठगी गर्ने नवराजलाई पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागमा पठाएको छ ।
प्रतिक्रिया दिनुहोस्