ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इन्स्टाग्राममा आएको क्यानडा रोजगारीको विज्ञापनमा विश्वास गर्दा गुम्यो साढे ३४ लाख


एबीसी न्यूज
१९ भदौ २०८०, मंगलबार   १ : ४२   बजे

काठमाडौ भदौ १९ । सामाजिक सञ्जाल इन्स्टाग्राममा आएको वैदेशिक रोजगारीमा विश्वास गर्दा एक व्यक्तिले साढे ३४ लाख रुपैयाँ गुमाएका छन् ।इन्स्टाग्राममा क्यानडमा राम्रो सुविधासहित वर्कपरमिट भिसा पाइने नक्कली विज्ञापनको विश्वासमा पर्दा ३४ लाख ५७ हजार ७१० रुपैयाँ गुमेपछि मात्रै एक व्यक्तिले आफू ठगीमा परेको पत्तो पाएको काठमाण्डौ उपत्यका अनुसन्धान कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार सामाजिक सञ्जाल इन्स्टाग्राममा क्याडनमा वर्कपरमिटसहितको रोजगारी पाइने विज्ञापन देखेपछि पीडित व्यक्तिले इनस्टाग्राम प्रयोगकर्तासँग कुराकानी गर्न सुरु गरेका थिए ।कुराकानीकै क्रममा क्यानडामा क्यासियरको काम लगाइदिन्छु भन्दै महिनामा ५ हजार ७ सय क्यानेडियन डलर अर्थात् पाँच लाख ४५ हजार तलब हुने प्रलोभन देखाए । त्यसका लागि प्रक्रिया अघि बढाउन आइएलटिएसको सर्टिफिकेट, बायोडाटा, राहदानी, शैक्षिक योग्यताको प्रमाणपत्रहरू पठाइदिन भनेपछि ह्वाट्सएपमा कुराकानी सुरु भएको थियो ।

पीडित व्यक्तिले उनकै कुरामा विश्वास गरी पटक पटक ह्वाट्सएपमा कुराकानी गर्दै पैसा दिन थालेका थिए ।क्यानडाको प्रक्रियाको लागि हेल्थ इन्सोरेन्स, सेक्युरिटी डिपोजिट, एलोकेटेड फण्ड, भिसा भेरिफिकेसन डीएचएलमार्फत कागजात पठाउन रकम तिर्नुपर्छ भन्दै नेपालमा रहेका विभिन्न व्यक्तिहरूको बैंक खातामा रकम हाल्न लगाएका थिए ।

तर पैसा बुझाइसकेपछि सबै कुरा नक्कली रहेको पत्तो लागेको थियो ।यसरी अनलाइनमार्फत वैदेशिक रोजगारीको प्रलोभन देखाइ रकम ठगीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ६ का लक्ष्मण नेपाली र सप्तरीको राजविराजका महावीर प्रसाद साहलाई पक्राउ गरी ठगीको कसुरमा थप कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu