ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तस्करीको सुन भैरहवा हुँदै भारततर्फ : ‘व्यवस्थापक’ पक्राउ


एबीसी न्यूज
१९ भदौ २०८०, मंगलबार   १ : ५३   बजे

काठमाडौं, १९ भदौ । ६० किलो सुन तस्करी प्रकरणमा थप एक आरोपित पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०को टोलीले भारतबाट सुमन खरेललाई नियन्त्रणमा लिएको हो ।

अनुसन्धानका लागि खरेललाई थुनामा राख्न अदालतबाट म्याद थपको प्रक्रिया अघि बढाइएको प्रहरी प्रवक्ता एवं डीआईजी कुबेर कडायतले जानकारी दिए ।

चिनियाँ नागरिकले तस्करी गरेको सुन खरेलले नेपालमा व्यवस्थापनको काम गर्ने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको भनाइ छ ।

खरेल पक्राउसँगै केही नयाँ तथ्य खुल्ने सीआईबीको अपेक्षा छ । चिनियाँ र बेल्जियन नागरिक दावा छिरिङ पक्राउ परेलगत्तै उनी भारत भागेको खुलको छ ।

उनीसहित सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ । सीआईबीका अधिकारी हङकङ र भारतमा समेत पुगेर सुन तस्करीमा जोडिएका व्यक्तिबारे अनुसन्धान गर्दै छन् । भारत पुगेका सीआईबीका डीएसपी धर्मराज भण्डारीको नेतृत्वको टोलीले खरेललाई पक्राउ गरेर नेपाल पठाएको हो ।

सीआईबीकै एसएसपी दिनेश आचार्यलाई हङकङ पठाइएको छ ।

गएको साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिएको ६० किलो सुन राजस्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट बरामद गरेको हो ।

साउन २१ देखि सीआईबीले सो प्रकरणको अनुसन्धान गरिरहेको छ । संगठित तस्करी मुद्दामा अनुसन्धान गरिँदै छ । यसको अनुसन्धान गर्न सीआईबीसँग अब ११ दिन मात्र बाँकी छ ।

थप अनुसन्धान गर्न मिल्ने गरी जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाउने तयारी रहेको सीआईबी स्रोतको भनाइ छ । स्रोतका अनुसार अर्को हप्ताको सुरुआतमै अनुसन्धान प्रतिवेदन बुझाउने तयारी छ ।

सीआईबीले पक्राउ गरेका दावासँग विभिन्न कारणले ‘कनेक्सन’मा रहेका नेपालीमाथि समेत अनुसन्धान थालिएको छ । सुन तस्करी प्रकरणमा नजोडिए पनि दावासँग सम्बन्ध देखिएपछि सीआईबीले सोमबार पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा एवं अनेरास्ववियु क्रान्तिकारीका महासचिव दिपेश पुनको कागजी बयान गरेको छ ।

चिनियाँ गिरोहले तस्करी गरेर काठमाडौं भित्र्याएको सुन भैरहवा नाका हुँदै भारत पुर्‍याइने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीको जिकिर छ ।

असार ९ गते सशस्त्र प्रहरी बलको टोलीले रुपन्देहीबाट बरामद गरेको दुई किलो सुन समेत चिनियाँ समूहले नै नेपालमा भित्र्याएको आशंका प्रहरीले गरेको छ ।

नेपालबाट भारततर्फ जाँदै गरेको बा१२च ३८२० नम्बरको कारबाट सुनसहित दाङको घोराहीका हुमानन्द गिरी पक्राउ परेका थिए । रुपन्देही प्रहरीले सो प्रकरणमा समेत संगठित तस्करी मुद्दामा अनुसन्धान गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu