ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

६० किलो सुन प्रकरण : तत्कालीन भन्सार प्रमुख पोखरेलसँग सीआईबीले गर्‍यो सोधपुछ


एबीसी न्यूज
१९ भदौ २०८०, मंगलबार   २ : १५   बजे

काठमाडौं, १९ भदौ । गत साउन ३ गते बरामद भएको ६० किलो सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले विमानस्थल भन्सार कार्यालयका निवर्तमान प्रमुख अरुण पोखरेलसँग सोधपुछ गरेको छ।

हङकङबाट ६० किलो सुन तस्करी गरेर नेपाल छिराउँदा बिदामा रहेका पोखरेल अहिले काममा फर्किएका छन्।

उनलाई बिदामा रहँदै अर्थ मन्त्रालयलले विमानस्थल भन्सार प्रमुखको जिम्मेवारीबाट हटाएर तानेको थियो।

सुन तस्करीको आरोपमा विमानस्थल भन्सारका केही कर्मचारी र भन्सार एजेन्ट पनि पक्राउ परेका छन्।

उनीहरुलाई हिरासतमा राखेर सीआईबीले अनुसन्धान गरिरहेको छ। तर त्यतिबेला बिदामा रहेका भन्सार प्रमुखसँग पनि सीआईबीले सोधपुछ गरेको हो।

यसअघि विमानस्थल भन्सारका कर्मचारीको मिलेमतोमा भन्सारले पक्राउ गरेको भेपको ९ किलो सुन गायब भएको थियो। त्यतिबेला समेत विमानस्थल भन्सारको प्रमुख रहेका पोखरेलसँग सोधपुछ भएको हो।

यस्तै उनीमाथि अनुसन्धान गर्न सरकारी वकिल कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि पत्राचार गरिसकेको छ।

‘हामीले यो विषयमा विमानस्थल भन्सारका तत्कालीन प्रमुखसँग पनि सोधपुछ गरिसकेका छौँ। उहाँ पहिले पनि आउनु भएको थियो। फेरि बोलाएर हामीलाई सोधपुछ गरेर पठाइदियौँ’, सीआईबी स्रोतले  भन्यो।

सुन तस्करी प्रकरणमा जोडिएका भन्सारका कर्मचारीसँगै अन्यलाई पनि सीआईबीले बोलाएर सोधपुछ गरिरहेको छ।

हङकङबाट कार्गोमा सुन ल्याउने विमानका कर्मचारीलाई पनि सीआईबीले बोलाएर सोधपुछ गरेको छ।

सुन तस्करीमा संलग्न रहेको आरोपमा ७ चिनियाँसहित २७ जना पक्राउ परेका छन्। सोमबार मात्रै सीआईबीले रुपन्देहीका सुमन खरेललाई पक्राउ गरेको थियो।

हङकङ र भारतमा पुगेर सीआईबीको टोलीले अनुसन्धान गरिरहेको छ। हङकङबाट ब्रेकप्याडमा ल्याएको करिव ६० किलो सुन राजस्व अनुसन्धान विभागले साउन ३ गते बरामद गरेको थियो। सुन बरामद गरेसँगै यसमा संलग्न केही व्यक्ति तत्काल पक्राउ परेका थिए।

तर १८ दिन अनुसन्धान गरेर यो मुद्दा राजश्व अनुसन्धान विभागले प्रहरीलाई बुझाएको थियो। राजश्वले पक्राउ गरेका १७ जनालाई पनि सीआईबीको जिम्मा लगाएको थियो।

सीआईबीले पछि ६ चिनियाँसहित १० जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरुलाई अदालतबाट म्याद थप गर्दै अनुसन्धान गरिरहेको छ।

सीआईबीले यो मुद्दा अब यही महिनाभित्रमा सरकारी वकिल कार्यालयमा बुझाउनु पर्छ। संगठित अपराधमा म्याद लिएर अनुसन्धान गरिरहेको सीआईबीले अनुसन्धानका लागि ६० दिन म्याद पाउँछ।

६० दिनभित्रमा अदालतमा मुद्दा बुझाउनु पर्ने बाध्यताका कारण सीआईबीले त्यसअघि नै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउन पर्छ।

प्रतिवेदन बुझाउने अवधि नजिकिँदै जाँदा सीआईबीले यसमा जोडिएका व्यक्तिहरुको पनि कागजा गराईरहेको सीआईबी स्रोतले जनाएको छ।

बरामद भएको ६० किलो सुन प्रकरणमा अहिलेसम्म मुख्य योजनाकारका रुपमा चिनियाँ मात्रै पक्राउ परेका छन्।

अनुसन्धान जारी रहे पनि अन्य व्यक्तिको संलग्नता पुष्टि भइनसकेको सीआईबीले जनाएको छ।

पक्राउ परेका चिनियाँमध्ये तीनजनाले यसअघि भारतमा पनि सुन तस्करीमा पक्राउ परेर कारबाही भुक्तान गरेको खुलेको छ।

त्यसपछि उनीहरु नेपालमा आएर तस्करी गर्न थालेको खुलेको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group