ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक्सरे मेसिनमा जाँच नै नगरी हङकङ पठाइएको थियो गाँजा र चरेस


एबीसी न्यूज
१९ भदौ २०८०, मंगलबार   ३ : १३   बजे

काठमाडौं, १९ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै हङकङ पठाइएको लागुऔषध गाँजा र चरेस त्यहाँको एक्सरे मेसिनमा जाँच नै नगरी ‘पास’ गराइएको खुलेको छ ।

नेपाल एयरलाइन्सको विमानमार्फत गएको साउत २६ गते गाँजा र चरेस हङकङ पठाइएको थियो । विराट ग्लोबल प्राइभेट लिमिटेडमार्फत कार्गोबाट नेपालमा उत्पादित गाँजाचरेस हङकङ पुर्‍याइएको खुलेको हो ।

त्रिभुवन विमानस्थलबाट ‘पास’ भएको गाँजा र चरेस हङकङमा बरामद, छानबिनमा जुट्यो प्रहरी
उक्त गाँजा र चरेस हङकङ प्रहरीले बरामद गरेको थियो । नेपालबाहिर पठाइने कार्गोको सामग्री चेकिङमा विमानस्थलमा नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोली खटिने गरेको छ ।

ब्युरोकै एक टोलीले सो प्रकरणबारे छानबिन गरिरहेको छ । एक्सरे जाँच नै नगरी गाँजाचरेस पास गराइएको छानबिन टोलीले पत्ता लगाएको छ । ब्युरोका प्रहरी नायब उपरीक्षक डीएसपी अनन्तराम शर्माको नेतृत्वमा छानबिन समिति बनाइएको छ ।

सोही समितिको प्रारम्भिक अनुसन्धानमा डिउटीमा खटिएका प्रहरी कर्मचारीकै लापरबाही वा ‘सेटिङ’मै गाँजाचरेस बाहिरिएको खुलेको हो । सीसीटीभी फुटेजमा जाँचपासबिनै कार्गोबाट सामग्री पठाइएको देखिएको छ । त्यो बेला डिउटीमा खटिएका ब्युरोका प्रहरीलाई विमानस्थलबाट फिर्ता गरेर कारबाहीको तयारी गरिएको छ ।

ब्युरो स्रोतका अनुसार त्यो बेला ‘चेकिङ’मा वरिष्ठ सई निरञ्जन पनेरुको नेतृत्वमा प्रहरी सहायक निरीक्षक कैलाश राउत र विष्णुबहादुर थापा खटिएका थिए । प्रहरी हवल्दार निरकुमारी राई र प्रदीप बस्नेत पनि सोही डिउटीमा थिए । उनीहरू सबैलाई ब्युरो कार्यालयमा फिर्ता बोलाएर छानबिन थालिएको छ ।

ब्युरोका प्रमुख एवं एसएसपी गोविन्द थपलियाले केही कमजोरीका कारण गाँजाचरेस बाहिरिएको देखिएको बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

हङकङ प्रहरीले गाँजा र चरेस बरामदबारे नेपाल प्रहरीलाई साउन ३१ गते पत्राचार गरेर जानकारी गराएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

सम्बन्धित

मनसुनको उच्च जोखिम: शनिबार–आइतबार रातिको यात्रा नगर्न प्राधिकरणको आग्रह

सिंहदरबार अगाडि घण्टी बजाएर विरोध

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन

वैशाखयता विपद्‍मा १६४ जनाको मृत्यु, ४५ सय परिवार प्रभावित

मन्त्री फेरबदलको बहस : नयाँ राजनीतिको परीक्षा कि पुरानै संस्कारको पुनरावृत्ति?

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu