ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसदले नै गाई–गोरु काटेर पूजा गर्न पाउनुपर्छ भनेपछि…


एबीसी न्यूज
१९ भदौ २०८०, मंगलबार   ६ : ०१   बजे

काठमाडौं, १९ भदौ । सत्तारूढ दल नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले आफ्नो संस्कृति र धर्ममा गोरु अनिवार्य भएको बताइन् । उनले संविधानमा धर्मनिरपेक्ष राज्य लेखिएकाले किरात धर्मावलम्बीले आफ्नो संस्कृति मान्न पाउनुपर्ने धारणा राखिन् ।

“मुन्धुममा हाम्रो गोरुलाई नचढाएर पितृ खुसी नै हुँदैन । त्यसमा पनि माले गोरु माले, बाछा पूजा गर्‍यो भने हामी किरातीहरूको मुन्धुममा साँच्ची नै पितृहरू खुसी हुने हुन्छ,” बैठकमा उनले भनिन्, “यी विषयमा हामीले छलफल गर्नुपर्छ । सदनमा संविधानमा बर्जित गरेको कुरा उठाउन किन दिइन्छ रु अहिले हामी गोरुको हड्डी राखेर उधौली र उभौली पूजा गर्छौं । त्यो स्वतन्त्र हुन्छ कि हुँदैन रु”

उनले धर्मनिरपेक्ष राज्य भनेपछि सबै धर्मको समान अधिकार हुनुपर्नेमा जोड दिइन् । साथै उनले धरानमा आफूहरूलाई खेद्न खोजिएको भन्दै आपत्तिसमेत जनाइन् । उनले गोरु बध गर्ने कानुन निर्माण गर्नुपर्ने माग राखिन् ।

“धर्मनिरपेक्षता भनेको के हो रु यो ऐन बनाउने ठाउँ र सुशासन बनाउने समिति बनाउने समिति भएकाले यो बारेमा विचार बहस हुनुपर्छ,” उनले थपिन्, “धरानमा अहिले सद्‌भाव भड्किएको छ । राई लिम्बू मुर्दावाद भनेर हरेक ठाउँमा भाषण गरेर हिँडेको छ, नारा लगाइन्छ । अब हामी त्यहाँका राई लिम्बुहरू भाग्नुपर्ने हो रु यही हो, संविधानमा लेखको कुरा रु पूजा गर्नेले पूजा गर्न पाउनुपर्छ र काटेर पूजा गरेर हाम्रो पितृलाई पूजा गर्न पाउनुपर्छ । यो ऐन यहाँबाट बनाउनुपर्छ भन्ने माग यहाँ राख्न चाहन्छु ।”

त्यसपछि बोलेका सांसदहरू सरिता प्रसाईं र अम्बिका बस्नेतले राईको अभिव्यक्तिलाई लिएर आपत्ति जनाए । उनीहरूले सांसदजस्तो महत्त्वपूर्ण पदमा पुगेकाहरूले साम्प्रदायिक द्वन्द्व बढाउने काम गर्न नहुने बताए ।

सत्तारूढ दल नेपाली कांग्रेस सांसद रहेकी प्रसाईंले धर्मको राजनीति गर्दा छिमेकी देशको हालत हेर्न अनुरोध गरिन् । उनले सबै धर्मलाई समान अधिकार भएको भन्दै धैर्य र संयमता अपनाएर अभिव्यक्ति दिन आग्रह गरिन् ।

“बीपीले त्यो बैलै धार्मिक र जातीय आन्दोलन नहोस् भनेर सरकारनै समावेशी बनाउनुपर्छ भन्नुभएको थियो । जातीय र धार्मिक कुरा गर्नु राम्रो होइन । संयम भएर जानुपर्छ । हामीले मणिपुरमा हेरेकै छौँ नि,” उनले भनिन्, “सबैले धर्म मान्न पाइन्छ । तर, उत्तेजित अभिव्यक्ति दिने सबैले आफ्नो ठाउँमा नबसे मुलुक कता जान्छ रु हामी सांसदले यो ख्याल नगरेर हुन्छ । सबैले यो विषयमा सोच्नुपर्छ ।”

यस्तै, सांसद अम्बिका बस्नेतले पनि मिलेर बसेको समाज भाँडिन नहुने उल्लेख गरिन् । उनले धर्म निरपेक्षता भन्दैमा विज्ञापन गर्न जरुरी नरहेको पनि स्पष्ट पारिन् ।

“संविधान बनाउँदा धर्मनिरपेक्ष लेख्यौँ । हिजोदेखि मिलेर बसेको छौँ । सौहार्द कायम राख्नुपर्छ । आज मात्र धर्म चेन्ज गरेर वातावरण सिर्जना गरेको होइन । विज्ञापन गर्ने वातावरण कसरी आयो रु,” न्यौपानेको प्रश्न थियो, “जात र धर्मको नाममा विभाजन भएर के हुन्छ रु त्यसैले यो विषयमा सांसदहरूले गम्भिर भएर सौचौँ ।”

अर्की सांसद ईश्वरी देवी न्यौपानले पनि धर्म र जातको नाममा सद्‌भाव भड्काउने काम भइरहेकोतर्फ सचेत गराइन् ।

ल्

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group