ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टीआरसी विधेयकको छलफल ‘सहमति उन्मुख’


एबीसी न्यूज
२० भदौ २०८०, बुधबार   १० : ४२   बजे

काठमाडौं, २० भदौ । संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा प्रमुख तीन दलबीच भइरहेको छलफल सहमति उन्मुख रहेको नेताहरुले बताएका छन् ।तीन दलका दोस्रो तहका नेताहरुको छलफलका आधारमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले सहमतिको मस्यौदा तयार पारेको छ ।

त्यसमाथि बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संसदमा विचाराधीन टीआरसीसहित विधेयकको सैद्धान्तिक पक्षबारे छलफल भएको एक नेताले बताए । ‘संसदको चालु अधिवेशन कहिलेसम्म चलाउने रु विचाराधीन विधेयकहरुमा के गर्ने भनेर उहाँहरुबीच छलफल भएको छ’ सत्तारुढ दलका एक नेता भन्छन्, ‘भोलि प्रमुख सचेतकहरुसहित फेरि छलफल गर्ने तय भएको छ ।

’शीर्ष नेताहरुसँग छलफल गर्नुअघि प्रधानमन्त्री प्रचण्डले बुधबार विहान कानुन न्याय तथा मानवअधिकार समितिकी सभापति विमला सुवेदीसँग पनि छलफल गरेका थिए ।भेटमा प्रधानमन्त्री प्रचण्डले टीआरसी विधेयकमा राजनीतिक तहमा सहमति जुटाउन आफू लागिरहेको बताएका थिए । ‘प्रधानमन्त्रीले राजनीतिक तहमा भएको सहमति अनुसार प्रक्रियाको विषयमा के गर्ने भनेर खबर गर्छु भन्नुभएको छ’ सभापति सुवेदीले भनिन्, ‘अहिलेसम्म खबर आएको छैन ।’नेताहरुकाअनुसार कानुन मन्त्रालयले तयार पारको मस्यौदाको विषयबस्तुमा दलहरुबीच ठूलो विमती देखिएको छैन ।

एमाले समेतको सहमतिमा तयार भएको भन्दै सत्ता गठबन्धन एक नेता भन्छन्, ‘सहमतिबाट ब्याक भएन भने छिट्टै प्रक्रियामा जान्छ ।’माओवादी महासचिव देव गुरुङ भने प्रक्रिया सहितको विषयमा सहमति जुटाउने प्रधानमन्त्रीले गरिरहेको बताउँछन् । भोलि बस्ने बैठकमा सहमति जुटे विधेयक अघि बढ्ने बताएइएको छ ।२५ फागुनमा संसदमा दर्ता भएको यो विधेयक कानुन समितिमा छ र, समितिले विधेयकमा सहमति जुटाउन बनाएको उपसमितिको म्याद मंगलबार मात्र ७ दिनलाई थपेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group