ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बीओपी स्थापनाका लागि तिङ्कर हिँडेका जनप्रतिनिधिलाई भारतीय एसएसबीले बाटोमै रोक्यो


एबीसी न्यूज
२१ भदौ २०८०, बिहिबार   ८ : ०९   बजे

काठमाडौं, २१ भदौ ।  दार्चुलाको व्यास गाउँपालिकाको वडा १ तिंकरमा सशस्त्र प्रहरीको बीओपी स्थापना लागि गएका जनप्रतिनिधिलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले बाटोमै रोकेको छ ।

भारतीय बाटो हुँदै कार्यक्रममा सहभागी हुन गएका महाकाली नगरपालिकाका मेयर नरसिंह चैसिर, व्यास गाउँपालिकाका अध्यक्ष मंगल सिंह धामी र विद्यार्थी नेता दीपक सिंह खातीलाई भारतीय सीमा सुरक्षाबलले बाटोमै रोकेको हो ।

भारतीय सुरक्षाकर्मी एसएसबीले तिगरम पुलघाट नजिक रौगती भन्ने ठाउँमा तीनै जनालाई जाँच गरी माथि जान नदिएको बताइएको छ । भारतीय सुरक्षाकर्मीले तपाईँहरुलाई अगाडि जान अनुमति छैन भन्दै बाटोमै रोकेको टोलीमा गएका एकजना स्थानीयले बताएका छन्। व्यास गाउँपालिकाको तिङ्करमा आज सशस्त्र प्रहरीको बीओपी स्थापना गरिँदै छ ।

कार्यक्रममा सँगै रहेका सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल, प्रमुख जिल्ला अधिकारी किरन जोशी, सशस्त्रका एसपी डम्बरबहादुर विष्टसहितको टोलीलाई भने भारतीय मोटरमार्ग हुँदै एसएसबीले तिङ्कर जान दिएको उहाँले बताउनु भयो । दार्चुलाको व्यास क्षेत्रमा नेपालको भूगोल भएर आवतजावत गर्ने बाटो नभएकाले भारतीय बाटोकै प्रयोग गर्नु पर्ने बाध्यता रहेको छ । यस क्षेत्रमा जाने नेपाली स्थानीयहरूले भारतीय सुरक्षाकर्मीहरुबाट यस्ता व्यवहार बेलाबेला खेप्दै आएका छन्।

नेपालीमाथि बारम्बार भारतीय पक्षले ज्यादती गर्दा पनि नेपाल सरकार भने मुकदर्शक बन्ने गरेको छ । भारतीय अतिक्रमित लिपुलेक, लिम्पियाधुरा समेटेर नक्सा जारी गरेपछि भारतीय पक्षले पछिल्लो समय सीमा क्षेत्रमा जाँच तथा आवतजावतमा कडाइ गर्नुका साथै बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी खटाएको स्थानीय बताउँछन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group