ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली जनप्रतिनिधिको टोलीलाई आफ्नै भूमि तिंकर जान दिएन भारतीय सुरक्षा बलले


एबीसी न्यूज
२१ भदौ २०८०, बिहिबार   १२ : ४५   बजे

काठमाडौं, २१ भदौ । भारतीय सीमा सुरक्षा बल एसएसबी ले नेपाली जनप्रतिनिधिसहितको एक टोलीलाई दार्चुलास्थित व्याँस गाउँपालिका–१ तिंकर जान रोकेको छ।

भारतीय बाटो प्रयोग गरेर तिंकर गइरहेका जनप्रतिनिधिलाई बुधबार एसएसबीले रोकेर बीच बाटोबाटै फर्काएको हो।

व्याँस गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामी, महाकाली नगरपालिकाका मेयर नरसिंह चैसिर र नेविसंघका विद्यार्थी नेता दीपक सिंह खातीलाई एसएसबीले छाङरु तिंकर जान नदिएको हो।

आज बिहीबार तिंकरमा बोर्डर आउट पोस्ट बीओपी उद्घाटन गर्ने कार्यक्रम छ। सोही कार्यक्रममा सहभागी हुन दार्चुलास्थित प्रशासनिक नेतृत्वसहितको टोलीमा रहेका ती तीन जनालाई एसएसबीले फिर्ता पठाएको हो।

उनीहरुलाई एसएसबीले तिगरम पुलघाटनजिक रौगतीमा रोकेको थियो। ‘तपाईंहरुलाई अगाडि जाने अनुमति छैन’ भनेर जनप्रतिनिधिलाई आफ्नै पालिका जान नदिएको व्याँस गाउँपालिकाका प्रवक्ता उपेन्द्र धामीले बताए।

‘अगाडि जान नदिएपछि जनप्रतिनिधिको टोली त्यहाँबाट फर्किएको छ, उनीहरु अहिले भारततर्फ नै बसेका छन्,’ धामीले  भने, ‘आज बीओपी उद्घाटन गर्ने कार्यक्रम थियो, आफ्नै भूमिमा जनप्रतिनिधिलाई एसएसबीले जान दिएन।’

सशस्त्रका एआईजी वंशीराज दाहाल, सीडीओ किरण जोशी र एसपी डम्बर बहादुर विष्टलगायतको सुरक्षाकर्मीको टोली भने छाङरु तिंकरतर्फ गएको छ।

व्याँस गाउँपालिका–१ स्थित भारतले अतिक्रमण गरेको कालापानी क्षेत्र नजिकका गाउँ छाङरु र तिंकर पुग्न नेपालतर्फ बाटो छैन।

दुईरतीन दिन हिँडेरै जोखिमपूर्ण यात्रा गर्नु पर्ने बाध्यता छ। भारततर्फ पक्की गाडी चल्ने बाटो भएकाले सहजै छाङरु तिंकर पुग्न सकिन्छ।

त्यसैले छाङरु, तिंकर र दार्चुला सदरमुकाम आउजाउ गर्न स्थानीयले भारतीय बाटो प्रयोग गर्ने गरेका छन्।

बारम्बार विभिन्न बहानामा भारतीय पक्षले आफ्नै भूमि जान नदिएर सीमामा बलबिचाइँ गर्ने गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

सम्बन्धित

मन्त्री फेरबदलको बहस : नयाँ राजनीतिको परीक्षा कि पुरानै संस्कारको पुनरावृत्ति?

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

आर्कटिकमा खतरनाक खेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu