ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनको नयाँ नक्सा र प्रधानमन्त्रीको भ्रमणबारे संसदीय समितिमा कसले के भने ?


एबीसी न्यूज
२१ भदौ २०८०, बिहिबार   १ : ४०   बजे

काठमाडौं, २१ भदौ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सांसदहरुले चीनले जारी गरेको नयाँ नक्साबारे कुटनीतिक नोट पठाउन माग गरेका छन् । समितिको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नक्सा छिमेकी र विश्व मञ्चमा प्रस्तुत गर्न के ले रोकेको छ रु भन्दै प्रश्न गरे ।

“नक्साको विषय संवेदनशील छ । हाम्रो नक्सा र भूगोलको अखण्डताको शपथ खाएका छौँ, सदनबाट पारित भएपछि अन्य छलफल भएनभन्दा अखण्डता कता गयो, हाम्रो नक्सा छिमेकी र मञ्चमा गएर प्रस्तुत गर्न केले रोकेको छ रु परराष्ट्र फेलिएर भएको हो रु,” उनले सोधे, “अब भएन । कहिलेसम्म हुन्छ भनेर माग्नुपर्छ । स्पष्ट टाइमलाइनसहित फलोअप गर्नुपर्छ ।”

उनले चीनको राजदूतको कुरा संवेदनशील रहेको बताउँदै तुरून्तै नोट पठाउन आग्रह समेत गरे ।

माओवादीका उपमहासचिव समेत रहेका सांसद वर्षमान पुनले प्रधानमन्त्रीको अब हुने भ्रमणमा सैन्य गठबन्धनमा संलग्न हुने गरी हस्ताक्षर गर्न नहुने बताए । विकास साझेदारीमा भने सहमति गर्नुपर्ने उनको भनाइ छ ।

“कोही पनि सैन्य गठबन्धनमा संलग्न हुने गरी साइन गर्ने हुनुहुँदैन । तर, विकास साझेदारीमा भने सहमति गर्न हिच्किचाउनु हुँदैन,” उनले भने ।

नेकपा एमालेका सांसद भीम आचार्यले चीनको नयाँ नक्सामा चुच्चे नक्सा किन परेन भन्दै प्रस्ट्याउन माग गरे । “चीनले प्रकाशित गरेको नक्सामा के कारणले नेपालको नक्सा परेन रु के कारण भन्छन्, थाहा भएन भन्छन् कि रु त्यो प्रस्ट पार्नुपर्छ । हाम्रो कमजोरी हो कि रु,” उनले भने ।

उनले भारत र चीनको सम्बन्धका कारण यस्तो भएको हो कि रु भन्ने प्रश्न पनि गरे । उनले प्रधानमन्त्रीको भ्रमण अघि नै शान्ति प्रकृयाको कानुन टुंगाएर जान पाए उपयुक्त हुने बताए । स्वतन्त्र सांसद प्रभु शाहले प्रधानमन्त्रीको चीन भ्रमण टोलीमा संसदीय सहभागिता जरूरी रहेको बताए । नाका ठप्प भएकाले चाडो खुल्ने वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।

नेमकिपाका सांसद प्रेम सुवालले नक्साको विषयमा पत्र नगएको भए सरकारले आजको आजै पठाउनुपर्ने बताए । उनले यूएन भ्रमणबाट नेपाल फर्किएर मात्रै चीन भ्रमण जान प्रधानमन्त्रीलाई सुझाए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

न्यायपरिषद् सचिव र रजिष्ट्रार पदका लागि चारजनाबीच प्रतिस्पर्धा

मुन्दडा हाउसमा ‘सर्च’ : केही फेला नपरेपछि रित्तै फर्कियो प्रहरी

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu