ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसदहरूको प्रश्न : कान्ति बाल अस्पतालमा बालिका मृत्युको जिम्मा सरकारले लिने कि नलिने ?


एबीसी न्यूज
२१ भदौ २०८०, बिहिबार   २ : ५०   बजे

काठमाडौं, २१ भदौ । कान्ति बाल अस्पतालमा सोमबार भएको बालिका मृत्यु घटनाबारे सांसदहरुले संसद्मा प्रश्न उठाएका छन् । मुलुककै केन्द्रीय अस्पतालको आकस्मिक कक्षमा उपचार नपाएर बालिकाको मृत्यु भएको घटनाको जिम्मा सरकारले लिनुपर्ने सांसदहरुको माग छ ।

रास्वपा सांसद डा। चन्दा कार्कीले अस्पतालमा जनशक्तिको अभावले बालिकाको मृत्यु हुनु सरकारको निर्लज्जपन भएको बताएकी छन् । अस्पतालमा बिरामीको चापअनुसार मानव संशाधनको हिसाब गरी सोहीअनुसार सञ्चालन नगर्दा यस्तो घटना भएको उनको आरोप छ ।

“सरकारलाई लाज, सरम, डर चिन्ता छ कि छैन रु हाम्रो निर्लज्ज्ता कहिलेसम्म रु कहिलेदेखि स्वास्थ्य संस्थामा गुणस्तरीय सेवा पाउने रु र, सरकारको निकम्मापनको दोष कहिलेसम्म स्वास्थ्यकर्मीहरुले मात्रै आफ्नो टाउकोमा बोक्नुपर्ने हो रु,” सांसद कार्कीले प्रश्न गरिन् ।

त्यस्तै, नेकपा एमालेका सचेतक सांसद महेश बर्तौलाले कान्ति बाल अस्पतालको चरम लापरबाही र गैरजिम्मेवारीपनका कारण घटना भएको बताए । “यो घटनासँगै अस्पतालभित्रको बेथितिको अस्पतालको निर्देशक र विकास समितिले जिम्मा लिनुपर्छ कि पर्दैन रु,” उनले प्रश्न गरे ।

“स्वास्थ्यमन्त्री संसद्मा उपस्थित भएर जवाफ दिनुपथ्र्यो । दोषीउपर कारबाही गरियोस्, राज्यको तर्फबाट पीडितले न्याय पाउनुपर्छ, क्षतिपूर्तिको सुनिश्चितता हुनुपर्छ । र, आगामी दिनमा यस्ता घटना हुन नदिने सुनिश्चितता हुनपर्छ,” उनले भने ।

त्यस्तै, नेपाली कांग्रेसका सांसद गगन थापाले उपचार सुविधा हुँदाहुँदै पनि बालिकाले अकालमा ज्यान गुमाउनु अत्यन्तै दुःखद् भएको बताए । “घटनालाई सामसुम नपारियोस् । यसका बारेमा सत्यतथ्य के भएको हो, छानबिन भएर सदनलाई जानकारी गराइयोस्,” उनले भने ।

उच्च ज्वरोपछि कान्ति बाल अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि पु¥याइएकी मकवानपुर थाहा नगरपालिका—१० की पाँच वर्षीया रेजिशा गोपालीको सोमबार साँझ उपचारको पालो कुर्दा कुर्दै मृत्यु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

सम्बन्धित

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu