ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कान्तिमा उपचार अभावमा बालिकाको मृत्यु, सत्ता र प्रतिपक्षी दुवैले उठाए सरकारलाई प्रश्न


एबीसी न्यूज
२१ भदौ २०८०, बिहिबार   २ : ५५   बजे

काठमाडौं, २१ भदौ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरुले समयमा उपचार नपाउँदा कान्ति बाल अस्पतालमा एक बालिकाको निधन भएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू स्वास्थ्यमन्त्री हुँदैखेरि कसैले पनि उपचार अभावमा ज्यान गुमाउनुनपरोस् भनेर मापदणड बनाइए पनि अझै लापरबाही भइरहेको बताए।

उनले उपचार अभावमा बालिकाको ज्यान जाने जस्तो गम्भीर घटनामा सरकारले जवाफ दिनुपर्ने माग गरेका छन्।

नेकपा ९एमाले० का सचेतक महेश बर्तौलाले बैठकमा समय लिएर बोल्दै मकवानपुरको थाहा नगरपालिका–१० जीतबहादुर गोपालीकी छोरी पाँच वर्षीया रेजिशा गोपालीको निधन अस्पतालको लापरबाहीका कारण भएको बताए।

उनले घटनाको छानबिन र दोषीलाई कारबाही गरी पीडितलाई न्याय दिन माग गरेका छन्। सबै बालबालिकालाई सहजरुपमा उपचारको उचित प्रबन्ध गराउन माग पनि उनले गरे।

राष्ट्रिय स्वतन्त्र पार्टीका डा: चन्दा कार्की भण्डारीले बालिकाको निधन दुःखद् भएको बताउँदै सरकारी अस्पतालको भौतिक पूर्वाधार विस्तारमा लगानी नगरेकोमा आपत्ति जनाइन्।

उनले यस्ता घटनामा अस्पताल र चिकित्सकलाई मात्रै दोष दिन नमिल्ने पनि बताएकी छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group