ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रमेश लेखक भन्छन्– आक्रमणकारीको उद्देश्य ज्यान मार्ने नै देखियो


एबीसी न्यूज
२१ भदौ २०८०, बिहिबार   ३ : १२   बजे

काठमाडौं, २१ भदौ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गरिएको देखिएको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा उनले बुधबार रिपोर्टर्स क्लबबाट बाहिरिने क्रममा यादवमाथि खुकुरी प्रहारको घटना क्रूरतापूर्ण रहेको बताए ।

“यो आक्रमण हेर्दा प्रस्ट देखिन्छ, आक्रमणकारीको ज्यान मार्ने नै उद्देश्य हो । ज्यान मार्नकै लागि गरेको प्रहार अत्यन्त क्रूरतापूर्ण, सांघातिक र बर्बर प्रहार भएको छ । यसबाट उहाँको ज्यान बाँचेको स्थिति छ,” उनले भने ।

सांसद लेखकले आक्रमणको घोर निन्दा गरे । पक्राउ परेका दोषी र अरू कसैको संलग्नता भए कारबाही गर्न दलको तर्फबाट उनले माग गरे ।

उनले यो घटना सामान्य नभएको बताए । अर्को प्रतिनिधिसभाको बैठकमा यस घटना र त्यसपछि गरिएका कामका बारेमा जानकारी गराउन उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानकर्षण गराए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu