ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मायादेवीको कसम खाँदै ल्हारक्याल लामाले भने – लुम्बिनीलाई नमूना बनाएर देखाउँछु


एबीसी न्यूज
२१ भदौ २०८०, बिहिबार   ५ : ५६   बजे

काठमाडौं, २१ भदौ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा: ल्हारक्याल लामाले लुम्बिनी बनाउन आफू आएको भन्दै सहयोग गर्न सबैसँग आग्रह गरेका छन् । लुम्बिनी आफ्नो धार्मिक आस्थाको धरोहर भएको भन्दै उनले स्थानीय, बुद्धिजीवी, पत्रकार र अन्य विभिन्न संघसंस्थालाई समेत साथ र सहयोग गर्न अपिल गरेका हुन् ।

लुम्बिनीमा पत्रकारहरूसँगको भेटघाटमा उनले भने, ‘मेरो धार्मिक आस्थाको ठाउँ हो लुम्बिनी, इतिहास बनाउन सक्छु भनेर आएको छु । मायादेवीको कसम खाएर भनेको छु, लुम्बिनीमा लिन होइन दिन आएको छु ।’

उपाध्यक्ष लामाले लुम्बिनी गुरुयोजना आफ्नो कार्यकालमा पूरा गर्ने प्रतिबद्धता जनाए ।

उनले आफ्नो कार्यकालमा गुरुयोजना सम्पन्न गर्ने र मायादेवी मन्दिर निर्माण गर्ने उद्देश्य रहेको बताए । मायादेवी नयाँ डिजाइन र आकर्षक बनाउनुपर्ने उनको भनाइ छ ।

गुरुयोजनाको बाँकी काम, बुद्ध सर्किट निर्माण, रामग्राम, तिलौराकोट र देवदहको पुरातात्विक क्षेत्रको संरक्षण र विकासका लागि काम गर्ने गरी आफू आएकाले सहयोग गर्न पत्रकारहरूसँग उपाध्यक्ष डा। लामाले आग्रह गरे । ‘म लुम्बिनी बनाउन लड्छु, जुध्छु, भिड्छु तर, नैतिकता गुमाउँदिन’ उनले भने । उनले लुम्बिनी गुरुयोजनाका सम्बन्धमा र कोषको कामका बारेमा विभिन्न प्रश्न र गुनासाहरू उठेको बताउँदै त्यसलाई सम्बोधन गर्ने गरी अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

संविधानसभा सदस्य, पूर्व अर्थ राज्यमन्त्री समेत रहेका डा। लामाले आफ्नो क्षमतालाई लुम्बिनी बनाउन खर्च गर्ने बताए । उनले आफूले जीवन नै बुद्ध धर्मका लागि अर्पण गरेको बताउँदै बाँकी रहेको जीवन सत्कर्ममा लगाउने गरी काम गरेर देखाउन आफू लुम्बिनीको उपाध्यक्ष बनेको बताए ।

विश्वका विभिन्न मुलुकबाट लुम्बिनी आउन चाहनाहरूलाई अनुकूल वातावरण बनाउने बताए । उनले लुम्बिनीमा बौद्ध धर्म गुरुहरूको मोलुम ९पूजा० जस्ता धार्मिक गतिविधि बढाएर बौद्ध पर्यटकहरूलाई आकर्षित गर्ने योजना रहेको सुनाए । ‘यो वर्ष मोलुम ९पूजा० का कार्यक्रमहरू तय भइसकेको छ’ उपाध्यक्ष लामाले भने ।

रामग्राम र तिलौराकोटमा पनि पूजा, ध्यान र बत्ती बाल्ने ठाउँ तुरुन्तै निर्माण गर्ने उनले बताए । धार्मिक कार्यक्रमलाई लुम्बिनीमा बढाउने गरी योजना बनाइएकोसमेत उनले बताए । धार्मिक गतिविधिसँगै पर्यटकहरूको बसाइ लम्बिने उनको विश्वास छ ।

उपाध्यक्ष लामाले रूपन्देही, कपिलवस्तु र नवलपरासीमा रहेका बौद्ध क्षेत्रको विकासका लागि दीर्घकालीन योजना बनाएको बताए । बौद्ध क्षेत्रको विकासका लागि आवश्यक रकम जुटाउन विश्व समुदायमा पुग्ने उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group