ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वायुसेवा निगमको अध्यक्ष नियुक्तिमा पनि प्राधिकरणको स्वीकृति चाहिने!


एबीसी न्यूज
२२ भदौ २०८०, शुक्रबार   १२ : ३७   बजे

काठमाडौं, २२ भदौ, । नेपाल नागरिक उड्डयन प्राधिकरणले संशोधन गरेको उड्डयन सञ्चालन निर्देशिकामा अन्योलता देखिएको छ।

प्राधिकरणले वायुसेवा कम्पनीले ‘एकाउन्टेबल डाइरेक्टर’ नियुक्त गर्दा स्वीकृति लिने व्यवस्था स्पष्ट नभएको हो।

निजी क्षेत्रका वायुसेवा कम्पनीले आफ्नो प्रबन्ध निर्देशक आफैँ चयन गरे पनि सरकारी स्वामित्वको वायुसेवा निगमको नेतृत्व मन्त्रिपरिषद्ले नियुक्त गर्छ। ‘प्राधिकरणको स्वीकृतिबिना कुनै पनि सरकारी स्वामित्व प्राप्त एवम् निजी वायुसेवा कम्पनीहरूले प्रबन्धक तथा पदाधिकारी नियुक्त गर्न नपाउने,’ संशोधित व्यवस्थामा उल्लेख छ।

प्राधिकरणले तत्कालका लागि ‘एकाउन्टेबल म्यानेजर’ कसलाई तोकिएको छ, जानकारी गराउनुपर्ने जनाएको छ। अब नियुक्ति गर्दा स्वीकृति लिनुपर्ने उल्लेख छ।

नेपाल वायुसेवा निगमका एक उच्च अधिकारीले प्राधिकरणले योग्यताको मापदण्ड बनाउन सक्ने भए पनि नियुक्त गर्नुअघि प्राधिकरणलाई सोध्नुपर्ने विषय व्यावहारिक नभएको बताए।

‘सरकारी या निजी वायुसेवा कम्पनीले नियुक्त गर्ने व्यक्तिबारे पहिला जानकारी दिने कुरा व्यावहारिक हुँदैन,’ ती अधिकारीले भने, ‘निगमको कुरा गर्दा प्रधानमन्त्रीले नियुक्त गर्ने व्यक्ति प्राधिकरणबाट स्वीकृति लिएर सम्भव नहोला।’

नियुक्तिका लागि मापदण्ड बनाइसकेको छ। प्राधिकरणले वायुसेवा कम्पनीहरूमा प्रबन्धक नियुक्ति, आवश्यक न्युनतम् योग्यता, अनुभव तथा अख्तियारी सम्बन्धमा कार्यविधि अनुसार गर्नुपर्ने छ।

‘नियमन गर्ने संस्थाले मापदण्ड अनुसार नियुक्ति गरियो कि गरिएन हेर्नु ठिकै हो, तर स्वीकृति लिने व्यवस्था लागू गर्न अप्ठेरो हुन्छ,’ निगमका ती अधिकारी बताउँछन्।

नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले प्राधिकरणले संशोधन गरेको निर्देशिका निगममा आइनपुगेको बताए।

‘निगमको कार्यकारी प्रमुख नियुक्त गर्ने अधिकार मन्त्रिपरिषद्मा रहेको छ,’ उनले भने, ‘प्राधिकरणले कस्तो संशोधन गरेको हो, अहिलेसम्म सार्वजनिक भएको छैन।’

नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता जगनाथ निरौलाले निगमको कार्यकारी अध्यक्ष नै एकाउन्टेबल म्यानेजर नहुन पनि सक्ने बताए।

‘कम्पनीको एकाउन्टेबल म्यानेजर को हुन्छ, कम्पनीले नै निर्णय गर्ने हो,’ उनले भने, ‘कार्यकारी अध्यक्ष वा महाप्रबन्धक नै एकाउन्टेबल म्यानेजर हुन्छ भनेका छैनौँ।’

निरौलाले प्राधिकरणले निर्देशिका जारी गरिसकेकाले कम्पनीले जसलाई एकाउन्टेबल म्यानेजर भन्छ, उसैलाई मान्ने बताए। उनले संशोधित निर्देशिकाको बुझाइमा कमी रहेको बताए।

उड्डयन प्राधिकरणका अधिकारीहरुले वायुसेवा कम्पनीमा योग्य व्यक्तिले नेतृत्व गरोस् भन्ने उद्देश्यले उड्डयन सञ्चालन निर्देशिकामा स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको बताएका छन्।

एक निजी वायुसेवा सञ्चालकले भने प्राधिकरणले नियमन भन्दा दुःख दिने नियतले उड्डयन सञ्चालन निर्देशिका ल्याएको गुनासो गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group