ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

४५ जनाको नतिजा रद्द, ९ जनाले तीन वर्षसम्म परीक्षा दिन नपाउने


एबीसी न्यूज
२२ भदौ २०८०, शुक्रबार   ३ : २०   बजे

काठमाडौं, २२ भदौं । नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षामा प्रश्नपत्र आउट गरेको घटनामा ५४ जना परीक्षार्थी कारबाहीमा परेका छन् ।

प्रहरी अनुसन्धानबाट कसुरदार ठहरिएका ती विद्यार्थीलाई काउन्सिलको भदौ १७ गतेको बैठकले कारबाहीको निर्णय गरेको हो ।

कारबाहीको दायरामा परेका ५७ जनामध्ये ९ जनालाई तीन वर्षसम्म लाइसेन्स परीक्षामा सामेल हुन नपाउनेगरी कारबाही गरिएको हो । उनीहरूविरुद्ध तीन पुस्ते खुलाई थप अभियोगपत्र दायर गर्ने तयारी भएको काउन्सिलकी रजिष्ट्रार शुक्ला खनालले बताइन् ।

“यसअघि सातजनालाई तीन वर्षे कारबाही गरिसकिएको छ, थप दुईजना पनि यही प्रकृतिका कसुरदार ठहरिएका छन्, उनीहरूको तीन पुस्ते खुलेको छैन त्यो खुलाएर थप अभियोग दायर गर्ने काउन्सिलको तयारी छ,” खनालले  भनिन् ।

तीन वर्षे कारबाहीमा पर्नेमा परीक्षार्थीहरू प्रियंका गुरुङ र सुस्मिता थापा थपिएका छन् । यसअघि काउन्सिलले सात जनालाई सोही प्रकृतिको कारबाही गरेको थियो ।

त्यस्तै, नतिजा स्थगित गरिएकामध्ये तीनजनाको कसुर प्रमाणित नभएपछि नतिजा प्रकाशित गरिने भएको छ । नतिजा फुकुवा हुनेमा बन्दना केसी, अस्मिता राना र विशेस्था रानाभाट छन् ।

उनीहरूले ग्रुपमा आएको प्रश्नपत्र हेरेपनि परीक्षा अवधिको समयमा नखोलेको देखिएपछि नतिजा फुकुवा गरिएको रजिष्ट्रार खनालले बताइन् ।

“प्रहरी अुनसन्धानका क्रममा उनीहरूले परीक्षा समयमा प्रश्नपत्र सिन गरेको देखिएन त्यसैले उनीहरूको स्थगित नतिजा प्रकाशन गर्ने निर्णय गरिएको हो,” रजिष्ट्रार खनालले भनिन् ।

नतिजा स्थगित गरिएका ४५ जनाले आगामी लाइसेन्स परीक्षामा सामेत हुन पाउने उनले बताइन् ।

असार २३ गतेको लाइसेन्स परीक्षा चलिरहेका बेला अल ब्राइट इन्स्टिच्युटको म्यासेन्जर ग्रुपमा प्रश्नपत्र पठाइएको र सो म्यासेज केही समयमै ४०० भन्दा बढी व्यक्तिले ‘सिन’ गरेको पाइएको थियो ।

सोही दिन बालाजुस्थित सिद्धार्थ वनस्थली इन्स्टिच्युट, ललितपुरस्थित लिटिल एन्जल्स स्कुल र वाग्मती कलेज काठमाडौं केन्द्रबाट प्रश्नपत्र बाहिरिएको थियो ।

सो दिनको परीक्षा नतिजा काउन्सिलले एक महिना स्थगित गरी सार्वजनिक गरेको थियो । परीक्षामा ६ हजार १० परीक्षार्थी सहभागी थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group