ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसबाट दाइभाउजू परिपाटी १५ औँ महाधिवेशनमा हटाउँछौँ : गगन थापा


एबीसी न्यूज
२२ भदौ २०८०, शुक्रबार   ७ : ०३   बजे

काठमाडौं, २२ भदौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र विभेद बढ्दै गएमा असन्तुष्टि बाहिरसम्म आउने बताएका छन्।

सिन्धुपाल्चोकको बाह्रबिसेमाा भएको नेपाल महिला संघको तीज कार्यक्रममा शुक्रबार बोल्दै उनले यस्तो बताएका हुन्।

‘८ लाख ६६ हजार सदस्य रहेको पार्टी अहिले शिथिल भएको छ। पार्टीभित्र विभेद भयो, न्याय भएन भन्ने छ’, उनले भने, ‘परिवारका मानिसले सन्तोष माने भने बाहिर पनि राम्रो कुरा बताउँछन्। परिवारका सदस्य सन्तोष नभए बाहिर गएर पार्टीकाबारे नराम्रा कुरा बताउँछन्।

उनले कांग्रेसमा उम्मेदवार छान्ने तरिका पनि गलत भएको बताए। ‘वडाको सभापति छान्ने अधिकार पार्टीको विधानले दिन्छ’, उनले भने, ‘तर तर वडाको जनप्रतिनिधिको उम्मेदवार छान्दा चाहिँ माथि जान्छ। त्यसैले त्यो अधिकार पनि यहीँ राख्न सक्नु पर्छ।’

थापाले टिकट बाँड्ने अधिकार दाइलाई दिएकै कारण विकृति बढेको पनि बताएका छन्। ‘टिकट बाँड्ने अधिकार दाइलाई दिनु भयो भने दाइले टिकट भाउजूलाई दिन्छन्’, उनले भने, ‘सबै अधिकार दाइलाई दिएपछि भाउजुलाई दियो भनेर विरोध हुन्छ। दाइलाई टिकट बाँड्ने अधिकार नै नदिने पहल हामीले गर्नुपर्छ। दाइवाला यो परिपाटी हामीले १५ औँ महाधिवेशनबाट बदल्नुपर्छ।’

उनले स्थानीय कार्यकर्तालाई सम्बोधनका क्रममा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को सांसद को बन्ने निर्णय माथिको दाइले होइन, यहीँका कार्यकर्ताको मतदानबाट गरिनुपर्ने पनि बताए।

‘समानुपातिक उम्देवार पनि खल्तीबाट झिक्ने होइन, मतदानबाट छानिन्छ भन्ने हो भने कुनै पनि नेताले दादागिरी गर्न सक्दैन’, उनले भने, ‘न्यायको आधारमा चलेको पार्टीले समाजमा पनि न्याय गर्न सक्छ। हामीले अहिले सबैभन्दा ठूलो पार्टी हामीले सघाएर सरकार बनेको छ प्रचण्डको। संघदेखि पालिकासम्म कांग्रेसको पकड छ। तर असन्तु्ष्टि सम्बोधन हुन सकेको छैन। ’

उनले अहिले देशभित्र ठूलो छटपटी र असन्तुष्टि रहेको बताए। ‘किसानले उत्पादन गरेको सामानले बजार पाउँदैन। सहकारीमा मानिसहरु पैसा तिर्न नसकेर भागेका छन्’, उनले भने, ‘यो माहोलमा केही भएन भनेर भाँड्ने काम भइरहेको छ। रिसाएको जनताको आगोमा घिउ थप्ने काम भइरहेको छ। समाजको असन्तुष्टिलाई अराजकतातिर जानबाट रोक्नुपर्छ।’

उनले कांग्रेसका जनप्रतिनिधिहरुले इमानपूर्वक जिम्मेवारी पूरा गर्न सकेमा जनतालाई सन्तुष्ट बनाउन सकिने बताए। ‘नागरिकले सरकार छ, राज्य छ भन्ने महसुस गर्छन् र अहिले भएको निराशा चिरिन्छ’, उनले भने।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group