ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेशलाई बजेटविहीन अवस्थामा रहन दिँदैनौँ, पर्सिसम्म निकास दिन्छौँ : मुख्यमन्त्री कार्की


एबीसी न्यूज
२२ भदौ २०८०, शुक्रबार   ७ : ४७   बजे

काठमाडौं, २२ भदौं । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशलाई बजेटविहीनताको अवस्थाबाट निकास दिने बताएका छन् । शुक्रबार साँझ मुख्यमन्त्रीको शपथ लिएपछि पत्रकारहरूसँग कुराकानी गर्दै कार्कीले आइतबारसम्म अध्यादेशमार्फत बजेटविहीनताको अवस्था अन्त्य गर्ने बताएका हुन् ।

भदौ १० गते भित्र कार्की नेतृत्वकै सरकारले ल्याएको बजेट अध्यादेश प्रतिस्थापन विधेयक सदनबाट पारित नहुँदा ‘फेल’ भएको थियो । अहिले कोसी प्रदेश बजेटविहीन अवस्थामा छ ।

अर्को प्रसंगमा कार्कीले अदालतले यसअघि भएका असंवैधानिक क्रियाकलापलाई सच्याइदिएको र त्यसलाई आफूहरूले स्वागत गरेको पनि बताए । कार्कीले अहिले कोसी प्रदेश निकै अप्ठेरो परिस्थितिमा रहेको भन्दै सबै दल मिलेर निकास खोज्नुको विकल्प नभएको बताए ।

“कोसी प्रदेशको राजनीतिक परिस्थिति अलि जटिल अवस्थामा पुगेकोले सबै दल मिलेर यसको निकास खोज्नुको विकल्प छैन,” कार्कीले भने, “मैले पहिले पनि सर्वदलीय सरकारका लागि आह्वान गरेको थिएँ । अहिले पनि त्यो आवश्यक छ भन्ने नै मेरो धारणा हो ।”

प्रदेश प्रमुख पर्शुराम खापुङले आज साँझ कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरी पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चितवन, मकवानपुरमा भारी वर्षा : सतर्कता अपनाउन आग्रह

लालबकैया नदीमा बाढी, बेलुकासम्म सतर्कता अपनाउन आग्रह

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu