ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिलोपटक एक लाख २६ हजार रुपैयाँ कमाउँदै छ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल


एबीसी न्यूज
२२ भदौ २०८०, शुक्रबार   ८ : ५९   बजे

काठमाडौं, २२ भदौं । शनिबार बिहान ६ः४५ बजे रोयल भुटान एयरलाइन्स ड्रुक एयर को विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै छ । दोस्रो अन्तर्राष्ट्रिय उडानको रूपमा ड्रुक एयर पोखरामा अवतरण गर्दा यसले पोखराबाटै अन्तर्राष्ट्रिय उडान भर्ने पहिलो विमान बन्ने छ ।

यसअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गत असार ६ गते चीनको छेङ्दु तियान्फु विमानस्थलबाट सिचुवान एयरलाइन्सको एयरबस ३१९ पोखरामा अवतरण गरेको थियो । चीनबाट केही नेपालीसहित पोखरामा सम्पन्न भइसकेको ड्रागन बोट रेस फेस्टिभलका खेलाडी बोकेर आएको उक्त चार्टर्ड विमान रित्तै फर्किएको थियो ।

ड्रुकले भने पोखराबाटै यात्रुहरू लिएर भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडान भर्ने छ । विमानस्थलले अन्तर्राष्ट्रिय उडानबाट पहिलोपटक आम्दानी गर्ने छ ।

सञ्चालनमा आएको करिब आठ महिनापछि अन्तर्राष्ट्रिय उडानबाट विमानस्थलले पहिलोपटक आम्दानी गर्न लागेको हो ।

नागरिक उडड्यन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका कार्यालय प्रमुख देवचन्द्र लाल कर्णका अनुसार ड्रुक एयरले चार्टर्ड अवतरण गर्ने छ । पोखरामा अवतरण गर्दा चालक दलका तीनजना सदस्य मात्र हुने छन् ।

करिब एक घण्टामा पोखराबाट ४२ जना यात्रु लिएर विमानले पारोका लागि उडान भर्ने छ । ती ४२ जना यात्रुबाट आउने विमानस्थल कर नै पहिलो आम्दानी हुने छ । जुन एक लाख २६ हजार हुन्छ ।

कर्ण भन्छन्, “एकजना उड्दाखेरि तीनहजार बुझाउँछन् । अर्को चाहिँ ग्राउन्ड ह्यान्डलिङ नेपाल एयरलाइन्सले गरिरहेको छ, त्यसको १५ प्रतिशत हामीले पाउँछौँ । विमानस्थललाई आम्दानी हुने यो पहिलो उडान हो ।”

पोखराबाट पारोका लागि उडान भर्दा यात्रुहरू भने सबै विदेशी हुने छन् । विभिन्न युरोपेली देशका यात्रुहरू भुटानका लागि उडान भर्ने छन् ।

विमानस्थलले एक वर्षका लागि अन्तर्राष्ट्रिय उडानमा लाग्ने ल्यान्डिङ, पार्किङलगायतमा शुल्क मिनाहा गरेका कारण अतिरिक्त आम्दानी भने हुने छैन ।

ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडानका लागि गत भदौ ११ गते प्राधिकरणसँग अनुमति मागेको थियो । प्राधिकरणले चार्टर्ड उडानको रिपोर्ट प्राप्त भएपछि ड्रुकले पारो–पोखरा–पारो दैनिक नियमित उडान गर्ने जनाएको छ । नियमित सफल भएमा पारो–पोखरा–दिल्ली र दिल्ली–पोखरा–पारो उडान गर्ने कम्पनीको योजना छ ।

नियमित उडान भएमा भुटानबाट आएको विमानले पोखरा आएर यात्रु थपघट गर्न सक्छ र दिल्ली एयरपोर्टसम्म जान सक्छ । त्यस्तै, दिल्लीबाट उडान थालेको विमानले पोखरा आएर यात्रु थपघट गरेर भुटानको पारोसम्म जान पाउँछ ।

एयरलाइन्सले हाल पारो–काठमाडौं सातामा सातवटा नियमित उडान गर्दै आएको छ ।

यता पोखराका व्यवसायीले प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुको चीन भ्रमणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई प्राथमिकता दिनुपर्ने बताएका छन । प्रचण्ड असोज ४ गते चीन भ्रमणमा जाँदै छन् ।

प्रधानमन्त्रीको भ्रमण कार्यक्रममा पोखराका उद्योगी व्यवसायीले चीनको ऋण सहयोगमा बनेको विमानस्थललाई नै प्राथमिकता दिएर नियमित उडान गराउनुपर्नेतर्फ पहल गर्नुपर्ने बताएका छन् ।
गत साता पोखरामा समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्न आएका प्रधानमन्त्रीलाई व्यवसायीहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थमा नै भेटेर ध्यानाकर्षण पत्र बुझाएका थिए ।

आफूहरूले प्रधानमन्त्रीले चीनसँग पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पहिलो एजेन्डामा राख्नुपर्ने बताएको उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले बताए ।

उनले भने, “विमानस्थल सञ्चालनको विषय प्रधानमन्त्रीले एजेन्डा बनाउनुपर्छ भन्ने हाम्रो माग हो । विमानस्थलको ऋण तिर्न मात्र होइन, हाम्रो पर्यटन बजार जोगाउन पनि पोखरा–चीन सिधा उडान आवश्यक छ ।”

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल चीन सरकारको २२ अर्ब ऋण सहयोगमा बनेको हो । विमानस्थल बनाउँदा लागेको ऋण तिर्न सरकारले वार्षिक झन्डै एक अर्ब रुपैयाँ किस्ता तिर्नुपर्ने मुल्मीले बताए । ऋण सम्झौताअनुसार २६ किस्तामा ऋण तिरिसक्नुपर्ने छ ।

चिनियाँ पर्यटक र लगानीकर्ता पोखरामा आकर्षित गर्न पनि विमानस्थल सञ्चालन गर्नुपर्ने व्यवसायी गणेशबहादुर भट्टराई बताउँछन् । सरकारले विमानस्थल सञ्चालनमा ल्याउने र नेपालमा २०–२५ लाख पर्यटक ल्याउने उद्घोष गर्दा व्यवसायीले थपेको लगानी अहिले जोखिममा पुगेको उनले बताए ।

यस्तै, यही हप्ता पोखरा आएका अर्थमन्त्री प्रकाशशरण महतलाई पनि उनीहरूले विमानस्थलको बारेमा ध्यानाकर्षण गराएका थिए । उनीहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्न सके अर्थतन्त्रलाई टेवा पुग्ने भन्दै अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न आग्रह गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group