ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाँके शमशेरगरनजमा बस दुर्घटना : सातजनाको मृत्यु ,३४ जना घाइते


ABC NEWS
२३ भदौ २०८०, शनिबार   ७ : ०३   बजे

काठमाडौं २३ भदौ । बाँकेमा भएको बस दुर्घटनामा सातजनाको मृत्यु भएको छ । कोहलपुरको शमशेरगञ्जमा शुक्रबार राति ९ बजे भएको दुर्घटनामा ३४ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी नारायण डाँगीका अनुसार घाइतेहरूको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

दाङबाट बर्दियातर्फ जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगन्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोक्किएको थियो ।
बर्दियाको ठाकुरद्वारा नगरपालिका ९ को बेतनी सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी र उपभोक्ता सवार बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी नारायण डाँगीले जानकारी दिए।

‘वन उपभोक्ता समूहका पदाधिकारी र उपभोक्ताले भ्रमणको लागि रिसर्ज गरेको बस दुर्घटनामा परेको हो,’ डीएसपी डाँगीले शनिबार बिहान नेपालखबरसँग भने, ‘दाङको थारु संग्रहालय भ्रमण गरेर फर्किने क्रममा राति करिब साढे ९ बजे बिग्रिएर सडक किनारमा रोकिराखेको ट्रकसँग बस ठोक्किँदा दुर्घटना भएको हो।’

दुर्घटनामा बसका चालक जुकबहादुर चन्दसहित सात जनाको मृत्यु भएको डाँगीले बताए।

चालक चन्दसहित ठाकुरबाबा–९ का काशिराम थारु, कस्तुरी थापा, रुपा परियार, जयन्ती थारु र ठाकुरबाबा नगरपालिका–७ का ६५ वर्षीय साधुराम थारुको दुर्घटनामा मृत्यु भएको छ।

डीएसपी डाँगीका अनुसार नाम नखुलेका अन्दाजी ३५ वर्षीय सहचालकको पनि दुर्घटनामा मृत्यु भएको छ।

घाइते चारजनाको नर्सिहोम नेपालगञ्ज र बाँकी सबै घाइतेको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group