ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी जनताको पार्टी हो कि होइन भन्ने प्रश्न खडा भएको छ : प्रधानमन्त्री प्रचण्ड


ABC NEWS
२३ भदौ २०८०, शनिबार   २ : २९   बजे

गोरखा २३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रलाई पुनः जनताको पार्टीको रुपमा स्थापित गर्ने बताएका छन्।

शहिद सुरेश वाग्लेको स्मृति कार्यक्रममा सहभागी हुन गोरखा पुगेका प्रधानमन्त्रीले भच्चेकमा योङ्ग कम्युनिस्ट लिग नेपाल अजिरकोट गाउँपालिका दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै जनतामा भिजेको पार्टीले मात्र परिवर्तनको चाहना पूरा गर्ने बताए ।

‘अहिले हामी पार्टी पुनर्निर्माण गर्ने अभियानमा छौँ। अभियान देश भर उत्साहपूर्ण ढंगले अगाडि बढेको छ। यो अभियानमा संलग्न पार्टीका नेताकार्यकर्तालाई शुभकामना दिन चाहान्छु,’ माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने, ‘ठूलो त्याग तपस्याबाट प्राप्त परिवर्तन र उपलब्धिलाई रक्षा गर्न प्रहरी यो अभियान सफल पार्न जरुरी छ।’
उनले दोषी पत्ता लगाउँदै जाँदा भ्रष्टाचारविरुद्ध अनुसन्धान गर्दै जाँदा आफू नै परेपनि गिरफ्तार गर्न निर्देशन दिएको बताए।

‘कतिपय मानिसहरूलाई यो अभियानमा प्रचण्डले आफ्ना मान्छेलाई बचाउँछ, आफ्ना परे भने तीनिहरुमाथि कारबाही नगर्ने, अरुलाई गर्ने भनेर प्रचार भयो। मैले अनुसन्धानकर्ताहरुलाई भनेँ– यदि तपाईंहरूले दोषी पत्ता लगाउँदै जाँदा भ्रष्टाचारका विरुद्ध सुशासनका पक्षमा अनुसन्धान गर्दै जाँदा त्यहाँ प्रचण्ड भएपनि नछाड्नुस्, मलाई भएपनि बयान पनि लिनुपर्छ, जरुरि भए गिरफ्तार पनि गर्नुपर्छ भनेर निर्देशन दिएको छु,’ प्रधानमन्त्री प्रचण्डले भने।

उनले सरकारको भ्रष्टाचारविरोधी अभियान सामान्य नभएको पनि बताए।

‘यो अभियान सामान्य अभियान होइन। यो निरन्तर अघि लानुपर्छ। जबसम्म माथिदेखि तलसम्म भ्रष्टाचारको जालो तोडिएर सुशासन स्थापित हुँदैन यो अभियान रोकिन हुँदैन,’ प्रधानमन्त्री प्रचण्डले भने।

जनताको पार्टीको रूपमा स्थापित गर्दै जनताको पार्टीको काम गर्ने एकमात्र पार्टीको माओवादी हो भन्ने रूपमा स्थापित गर्न सफल हुने विस्वास व्यक्त गरे।

अहिले आफूले लिएको सरकारको नेतृत्वको अवसरलाई उनले चुनौतीपूर्ण अवसरको रुपमा लिएको पनि बताए।

सरकारले सामाजिक सुरक्षा कोषको अभियान,पासपोर्ट र यातायातमा देखिएका लाइन हटाउने अभियान र भ्रष्टाचार विरोधी अभियान चलाएर नयाँ परिवर्तन सुरूवात गरिएको उनको भनाइ छ

भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह जागेको भएपनि भष्ट्राचारमा रमाउमाउनेहरू अत्तलिएको बताउनु उनले बताए।

सुशासन र समृद्धिलाई प्राथमिकता दिंएर सरकार अगाडि बढेको बताउँदै प्रधानमन्त्रीले बुढिगण्डकी जलविद्युत आयोजनाको काम सुरुवात गरिएको, कर्णाली चिसापानी जस्तो गेम चेन्चज आयोजना सुरूवात गरिएको बताए।

छिट्टै चीन भ्रमण जानलागेको बताउँदै नेपालको विकास र देशको उत्तरी क्षेत्रका नाका खोल्ने लगायतका एजेन्डा रहेन पनि बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज कोशी, लुम्बिनी, बागमती र गण्डकी प्रदेशका एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

सम्बन्धित

आज कोशी, लुम्बिनी, बागमती र गण्डकी प्रदेशका एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

बिजुलीको कर हटाउँदै बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्याम, आर्थिक सुधारदेखि आवाससम्मका महत्वाकांक्षी योजना

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu