ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको सद्भाव र सहिष्णुतामाथि आक्रमण हुँदैछ : गृहमन्त्री श्रेष्ठ


ABC NEWS
२३ भदौ २०८०, शनिबार   ७ : १६   बजे

काठमाडौं २३ भदौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विविधता बीचको एकता सद्भाव र सहिष्णुताको मौलिक विशेषतामा आक्रमण भइरहेको बताएका छन्।

शनिवार ज्यापु महागुठीको चौथो राष्ट्रिय महाधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै उनले विविधताको बीच एकता, सद्भाव र सहिष्णुताको हाम्रो मौलिक परम्परार र संस्कृतिमाथि आक्रमण गर्ने कुनै खेल नेपालमा फस्टाउन, बढ्न दिनु नहुने बताए।

आफ्नो पहिचान, अधिकार र विकासको निम्ति सचेत हुनुपर्ने बताउँदै उनले प्राप्त भएको उपलब्धिको रक्षा गर्दै थप अधिकारको निम्ति अघि बढ्नुपर्ने पनि बताए।

‘यो बहुजातिय बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुक हो। यसको विशेषता भनेको विविधता बीचको एकता हो। यसको आफ्नै मौलिक पहिचान छ। धार्मिक र सांस्कृतिक जातिय सद्भाव र सहिष्णुता यसको मौलिक विशेषता हो,’ गृहमन्त्री श्रेष्ठले भने, ‘यो समाज सही सहिष्णुता सहित अघि बढीरहेको छ। यसको मौलिक विशेषता हो। हामीले एकातिर जातिय, मौलिक भाषिक, धार्मिक, लैङ्गिक उत्पीडनलाई अन्त्य गरेर पहिचान, अधिकार र विकासको पक्षमा संघर्ष ग¥यौँ। त्यसको सन्दर्भमा धेरै उपलब्धी पनि हासिल गरेका छौँ। अझै हामीले त्यसलाई बेलामा सुनिश्चित गर्नु त छँदैछ। तर आज नेपालको यो विविधता बीचको एकता सद्भाव र सहिष्णुताको मौलिक विशेषतामा कहीँ कतैबाट धावा बोल्ने षड्यन्त्र त भइरहेको छैनरु हामी सबै सचेत हुनुपर्ने आवश्यकता छ।’

उनले आज जाितय, भाषिक र धार्मिक एकताको सट्टा सद्भाव र सहिष्णुताको सट्टा विभिन्न नाममा द्वन्द्व फैल्याउने, बिग्रह फैल्याउने खतराहरू पनि देखिरहेको दाबी गरे।

‘आज जाितय, भाषिक र धार्मिक एकताको सट्टा सद्भाव र सहिष्णुताको सट्टा विभिन्न नाममा द्वन्द्व फैल्याउने, बिग्रह फैल्याउने खतराहरु पनि देखिरहेको छ। हामी सबै आफ्नो पहिचान, अधिकार र विकासको निम्ति सचेत हुनुपर्छ। प्राप्त भएको उपलब्धिको रक्षा गर्दै थप अधिकारको निम्ति अघि बढ्नुपर्छ। त्यसको निम्ति संगठित हुनुपर्छ,’ उनको भनाइ थियो, ‘त्यस्तै अरुको अधिकार, पहिचान र विकासको निम्ति पनि सहयोगी हुनुपर्छ। हाम्रो विविधताको बीच एकता, सद्भाव र सहिष्णुताको हाम्रो मौलिक परम्परार र संस्कृतिमाथि आक्रमण गर्ने कुनै खेल नेपालमा फस्टाउन, बढ्न पाओस्। परास्त गर्न सफल हुनुपर्छ।’

गृहमन्त्री श्रेष्ठले समृद्धिको कार्यभार पूरा गर्न सरकारले अहिले सुशासन, समृद्धि र सामाजिक न्यायलाई आफ्नो कार्यभारको मुल मन्त्र बनाएको पनि उल्लेख गरे। उनले सरकारले भ्रष्टाचारबिरोधी र दण्डहीनताबिारोधी ठूलाठूला अभियान सञ्चालन गरेको बताउँदै नेपाललाई विकास र समृद्धिको दिशातिर लैजानको निम्ति राष्ट्रिय पुँजीको विकास, उत्पादनको वृद्धि, सामाजिक न्याय स्थापना गर्नुपर्ने आवश्यकता रहेको पनि बताए।

‘समृद्धिको कार्यभार पूरा गर्न सरकारले अहिले सुशासन, समृद्धि र सामाजिक न्यायलाई आफ्नो कार्यभारको मुल मन्त्र बनाएको छ। यही आधारमा हामीले काम गरिरहेका छौं। तपाईहरूले देख्नुभएको छ, सरकारले भ्रष्टाचारबिरोधी ठूलाठूला अभियान, दण्डहीनताबिारोधी ठूलाठूला अभियान सञ्चालन गरेको छ,’ श्रेष्ठले भने, ‘आम जनसमुदायबाट व्यापक समर्थन प्राप्त भएको छ। यसलाई बिराम नलिइकन अघि बढाउनेछौँ। यो वास्तवमा नेपाललाई विकास र समृद्धिको दिशातिर लैजानको निम्ति राष्ट्रिय पुँजीको विकास गर्नुछ, उत्पादनको वृद्धि, सामाजिक न्याय स्थापना गर्नुपर्ने छ।’

उपप्रधानमन्त्री श्रेष्ठले नेपाली जनतालाई आफ्नो देशभित्रै आफ्ना आफन्तको, बालबच्चाको साथमा र आफ्नो मातृभूमिको साथमा श्रम सिञ्चित सुख जीवन दिलाउने अवसर दिलाउनु अहिलेको आवश्यकता भएको बताए।

‘नेपाली जनताको दैनिक आवश्यकता पूरा गरेर नयाँ जीवन दिनुछ। आज ३० लाख भन्दा बढी संख्यामा रहेका खाडी मुलुकमा मलेसियामा रहेका श्रमीक नेपाली जनतालाई आफ्नो देशभित्रै आफ्ना आमाबुबाको काखमा, बालबच्चाको साथमा आफ्नो मातृभूमिको साथमा श्रम सिञ्चित सुख जीवन दिलाउने अवसर दिलाउनु छ,’ श्रेष्ठले भने, ‘त्यसैले आजको हाम्रो मुल कार्यभार समृद्धिको कार्यभार हो। समृद्धिको कार्यभार पूरा गर्न सरकारले कमीसन खोर र भ्रष्टाचारको जुन जालोले देशलाई जर्जर बनाएको छ, सुशासन स्थापित नगरी समृद्धिलाई तिब्रता प्रदान गर्न सकिँदैन।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group