ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्फ्यु हटे पनि मलंगवामा छैन चहलपहल


एबीसी न्यूज
२४ भदौ २०८०, आइतबार   १ : ०७   बजे

काठमाडौं,२४ भदौ । स्थानीय प्रशासनले कर्फ्यु हटाएपनि सर्लाही सदरमुकाम मलंगवामा मानिसहरुको चहलपहल बढ्न सकेको छैन।

शनिबार साँझदेखि लागू भएको कर्फ्यु आइतबार बिहान ८ बजेदेखि हटेपनि मलंगवामा अझै बजार र यातायात निर्वाध रुपमा चल्न नसकेको हो। दुई समूदाय हिन्दू र मुस्लिम बीचको विवादले गएको शुक्रबार साँझदेखि असामान्य बनेको मलंगवामा शनिबार साँझदेखि आइतबार बिहानसम्म स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो।

कर्फ्यु हटेपनि अझै मलंगवामा बजार, पसल, स्कुल कजेज र यातायात निर्वाध रुपमा चल्न नसकेका स्थानीय लक्ष्मीनारायण चौधरीले जानकारी दिए।

‘यहाँ आज कुनै अप्रिय घटना त भएको छैन, तर बजार, यातायात र शिक्षण संस्था निर्वाध रुपमा चलेका छैनन्,’ केही बेरअघि  चौधरीले भने।

गएको शुक्रबार कृष्ण जन्माष्टमीको मुर्ति सेलाएर फर्किंदै गरेको समूहमाथि मलंगवा ९ हनुमान चोकमा केही उच्छृंखल व्यक्तिहरुले आक्रमण गरेपछि मलंगवा अशान्त बनेको हो।

स्रोतका अनुसार सोही निउँमा आफूलाई हिन्दू सम्राट सेनाको केन्द्रीय उपाध्यक्ष बताउँने कृष्ण यादवको नेतृत्वमा केही व्यक्तिले साम्प्रदायिक सद्भाव भड्काउने प्रयास गरेका थिए।

प्रहरीले त्यतिबेलै यादवसहित साम्प्रदायिक सद्भाव विपरितका गतिविधिमा संलगन भएको आरोपमा चारजनालाई पक्राउ परेको थियो। यादवसहितका चार व्यक्ति अहिले पनि जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा छन्।

आज बिहान यादव समर्थक केही व्यक्तिसँग स्थानीय प्रशासनले छलफल गरेको छ। छलफलमा यादव पक्षका मानिसहरुले पक्राउ परेकाहरुलाई रिहा गर्न माग गरेका सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। प्रहरीले यादवलाई रिहा गर्ने तयारी गरेको छ।

कृष्णको मुर्ति सेलाएर फर्किंदा सुरुमा आफूहरुमाथि मुस्लिम समुदायका केही व्यक्तिले नियोजित रुपमा तातोपानी र ढुंगामुढा गरेको यादव पक्षका मानिसहरुको आरोप छ।

शुक्रबार दुई पक्षबीच ढुंगा हानाहान हुँदा जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपेन्द्र पंजियार घाइते भएका थिए। उनको खुट्टामा चोट लागेको छ।

शनिबार जिल्ला प्रशासन कार्यालयमा सर्वदलिय बैठक बसिरहँदा जिबिस चोकमा केही व्यक्तिले आगो बाल्ने र मलंगवा ९ नम्बर वडामा रहेको मस्जिद तोडफोड गरेपछि मलंगवाको अवस्था असामान्य बनेको थियो। त्यसपछि स्थानीय प्रशासनले नगर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

सम्बन्धित

मन्त्री फेरबदलको बहस : नयाँ राजनीतिको परीक्षा कि पुरानै संस्कारको पुनरावृत्ति?

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

आर्कटिकमा खतरनाक खेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu