ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनले नेपाललाई शंका गर्न थाल्यो, अर्कै ‘सेक्युरिटी अम्ब्रेला’तिर जान लाग्यो भन्दैछ : एमाले


एबीसी न्यूज
२४ भदौ २०८०, आइतबार   १ : २७   बजे

काठमाडौं,२४ भदौ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले नेपालसँगको सम्बन्धलाई लिएर उत्तरी छिमेकी चीनले अनेक आशंका गर्न थालेको जनाएको छ।

आइतबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा एमालेको तर्फबाट आफ्ना भनाइ राख्ने क्रममा उपमहासचिव प्रदीप ज्ञवालीले चीनले नेपाललाई आशंकाको नजरले हेर्न थालेको बताएका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असोजमा हुन लागेको अमेरिका र चीन भ्रमणबारे छलफल गर्न बोलाएको बैठकमा एमालेको तर्फबाट बोल्दै ज्ञवालीले यस्तो बताएका हुन्।

उपमहासचिव ज्ञवालीले प्रधानमन्त्रीले आसन्न चीन भ्रमणको विषयलाई लिएर सुझाव मागेपछि आफूले विश्वास बटुलेर आउन सुझाव दिएको पनि सञ्चारकर्मीहरुलाई बताएका छन्।

नेपालसँगको सम्बन्ध सन्तुलित छिमेकी नीतिको बाटोबाट अन्यत्र लागेको शंका चिनियाँहरुले गरिरहेको भन्दै त्यसलाई प्रधानमन्त्रीले चिर्नुपर्ने पनि बताएका छन्।

प्रधानमन्त्रीले भने स् चीनले जारी गरेको नक्साबारे गम्भीर छु, नेपालको कुरा प्रस्टसँग राख्छु निषेध गरेर हुँदैन, कांग्रेसले कोशीमा जिम्मेवारपूर्ण भूमिका खेलोस् स् प्रदीप ज्ञवाली सर्वदलीय बैठक स् ओली केहीबेर बसेर निस्किए, देउवाले शुभकामना दिए, नेपालले नक्साको विषय उठाए
प्रधानमन्त्रीलाई रास्वपाको सुझाव स् भारत भ्रमणमा जस्तो भद्रगोल चीन जाँदा नहोस्

‘प्रधानमन्त्रीले आशन्न चीन भ्रमणको विषयलाई लिएर सुझावहरु माग्नुभएको छ। पछिल्लो समय नेपाल(चीन सम्बन्धमा विश्वासको संकट देखिएको छ। चिनियाँ मित्रहरुको मनमा नेपाल कतै सन्तुलित छिमेक सम्बन्धको बाटोबाट अन्यत्र लागेको भन्ने शंका देखिएको छ’, उनले भने, ‘नेपालले चीन सम्बन्धलाई कम प्राथमिकता दिएको हो कि, नेपालमा भइरहेको चिनियाँ लगानीलाई निरुत्साहित गर्न खोजेको हो कि वा अरु कुनै सेक्युरिटी अम्ब्रेलातिर जान खोजेको हो कि भन्ने परेको छ।’

उनले चीनमा नेपालप्रति बढेको अविश्वासलाई चिर्ने काम प्रधानमन्त्रीले असोज पहिलो साताको भ्रमणमा गर्नु जरुरी रहेको पनि बताएका छन्।

‘नेपाल असंलग्न परराष्ट्र नीतिको पक्षमा छ भन्ने पक्षमा प्रधानमन्त्रीले कुरा राख्नुपर्छ भन्ने मैले आग्रह गर्छु’, उनले भने, ‘उचस्तरीय भ्रमणको क्रममा जे समझदारी भएका छन्, तिनको कार्यान्वयनमै केन्द्रित हुनपर्छ भनेका छौँ।’

ज्ञवालीले उचस्तरीय भ्रमणका क्रममा यसअघि भएका सम्झौता कार्यान्वयनमा जोड दिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको पनि उल्लेख गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group