ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वर्तमान नेताहरूमा प्रश्न सामना गर्ने आत्मविश्वास र साहस छैन : सीके लाल


एबीसी न्यूज
२४ भदौ २०८०, आइतबार   २ : ०५   बजे

काठमाडौं,२४ भदौ । राजनीतिक विश्लेषकहरूले बीपी कोइरालाको पार्टी नेपाली कांग्रेसले पनि आलोचना र प्रश्न सुन्न छाडेको बताएका छन् ।

आइतबार पार्टी कार्यालय सानेपामा सुरु भएको बीपी साहित्य महोत्सवमा बीपीको दृष्टिमा बीपी सेसनुमा बोल्दै विश्लेषक सीके लालले वर्तमान नेताहरूमा प्रश्न सामना गर्ने आत्मविश्वास र साहस नभएको दाबी गरे ।

“अहिलेको समसामयिक समाज र राजनीतिको चुनौती नै के हो भने प्रत्येक व्यक्तिभित्र डर र भय छ । उसले प्रश्नको सामना गर्न सक्दैन,” उनले भने, “भयलाई हटाउने कसरी रु प्रकाशले मात्र अध्याँरो हटाउन सके जस्तै भयलाई हटाउने ज्ञान हो । ज्ञान विश्वविद्यालयमा पढेर मात्र हुँदैन, आत्मचिन्तन हुनुपर्‍यो त्यसका लागि अध्ययन हुनुपर्‍यो ।

सीके लालले विश्वविद्यालय एकपक्षीय सोच निर्माण गर्ने ठाउँ भएको भन्दै विश्वविद्यालयको भूमिकामै प्रश्न उठाए ।

अर्का राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण खनालले नेपाली कांग्रेस पार्टीका प्रांगणमा उभिएरभन्दा बीपी र उनको विचारलाई पार्टीले अंगाल्न नसकेको बताए ।

सेसन संयोजक विश्वप्रकाश शर्माले बीपी आलोचना र प्रश्न चाहने नेता भएपनि वर्तमान राजनीति दल र उसका नेता पपुलिजममा रमाउन थाले भन्ने प्रश्नमा उनले त्यो कुरा नेपाली कांग्रेसकै नेताहरू आलेचना प्रश्न सुन्न चाहने चरित्र हाबी भएको बताए ।

अहिले दलहरू र नेतामा अंहकार हाबी भएको पनि बताए ।

“अहंकार के छ भने मैले जति कसैले जानेको छैन तिमीले मेरो फलो गर्ने हो । हप्काउने हो त्यो संस्कार बोकेको पार्टी छ,” उनले भने, “बीपीलाई बीपी बनाउने चेत के हो रु अहिले त्यो चेत भएको नेता पार्टीमा देखेको छैन । अंहकार छ सबैमा । चरित्रको कुरा हो । बीपी आफैँमा उदाहरणीय चरित्र हो । अहिले चरित्र गुमाएको पात्रसँग कुरा गर्नुको अर्थ छैन । आजको चुनौती पार्टी बाहिर समाजलाई योगदान गर्न खोज्ने बीपीको अध्ययन गर्नुपर्छ ।”

प्राध्यापक खनालले बीपीको विचार राजनीतिक दलले नबोक्ने भन्दै समाज सेवामा लागेका युवाहरूले अत्याधिक अध्ययन गर्न जरुरी रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu