ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विमानस्थलमा भन्सार कर्मचारीको अवरोध– निकासी पैठारी बन्द


एबीसी न्यूज
२५ भदौ २०८०, सोमबार   १ : ४७   बजे

काठमाडौं, २५ भदौ । ६१ किलो सुन प्रकरणमा आफ्ना सातजना सहकर्मी पक्राउ गरेको विषयमा त्रिभुवन विमानस्थल भन्सार कर्मचारीहरुले कामकाज ठप्प पारेका छन् ।

उनीहरुको आन्दोलनका कारण आज निकासी पैठारीका काम बन्द भएका छन् । दुईजना अधिकृतसहित सातजना कर्मचारी पक्राउ गरेको, अनावश्यक दुःख दिएको भन्दै कर्मचारी विरोधमा उत्रिएका हुन् ।

“भन्सार ऐन, २०६४ को दफा ६६ बमोजिम कुनै भन्सार कर्मचारीले आफ्नो कर्तव्य पालनको सिलसिलामा असल नियतले गरेको काम कारबाहीप्रति निज व्यक्तिगत रुपमा जवाफदेही हुने छैन’ भन्ने स्पष्ट व्यवस्था गरेको छ ।

देशको राजश्व असूलीको लागि अहोरात्र खटिई कानुनबमोजिम असल नियतले गरिएका दैनिक प्रशासनिक कार्यलाई नै हतोत्साहित गर्ने गरी हामी कर्मचारीहरुको मनोबल नियतले गरिएका दैनिक प्रशासनिक कार्यलाई नै हतोत्साहित गर्ने गरी हामी कर्मचारीहरुको मनोबल गिराउने तथा आत्मसम्मानमा ठेस पुर्‍याउने गरी विभिन्न निकायबाट भएको निरन्तर हस्तक्षेप पूर्णरुपमा बन्द नभएसम्म यस्तै परिस्थितिमा कार्यालयको दैनिक कार्यसञ्चालन गर्न हामी कर्मचारीहरु असमर्थ रहेको व्यहोरो खुलाई सामूहिक सरुवाको लागि भन्सार विभागका महानिर्देशकसँग माग गरे पनि सुनुवाई नभएकाले विरोधका कार्यक्रम जारी राखिएको छ,” विमानस्थल भन्सारका कर्मचारीहरुले सामूहिकरुपमा बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको थियो ।

उनीहरुले कार्यालय राजश्व असूलीको असल नियतले भन्सार ऐन नियम तथा अन्य प्रचलित कानुन बमोजिम गरिएको नियमित कार्यलाई अनुसन्धानको नाममा निर्दोष कर्मचारीहरुलाई धरपकड गर्ने र पक्राउ गरी हिरासतमा लिनेलगायतका कार्य लबिलम्ब बन्द हुनुपर्ने, कार्यस्थलमा नियमित उपस्थित भई निर्भिकरुपमा उच्च मनोबलका साथ कार्य गर्ने वातावरण हुनुपर्ने, अनुसन्धान गर्ने निकायले केही कर्मचारीहरु गिरफ्तार गरी हिरासतमा रहेको अवस्थामा के कति कारणले गिरफ्तार गरेको हो रु सो विषय कर्मचारी कार्यरत कार्यालयलाई समेत जानकारी नदिई अमानवीय तरिकाले गिरफ्तार गरेको हुँदा यस्ता कार्य अबिलम्ब बन्द हुनुपर्ने र बिना प्रमाण थुनामा राखिएको सबैलाई रिहा हुनुपर्ने,

अनुसन्धानलाई नै विषयान्तर गरी दोषी प्रमाणित नहुँदै संविधान प्रदत्त गोपनीयताको हक वर्खिलाप हुने गरी कर्मचारीको वैयक्तिक विवरण सार्वजनिक गर्ने कार्य अबिलम्ब बन्द गरिनुपर्ने, राष्ट्र सेवक कर्मचारीलाईमात्र दुःख दिने कार्य अविलम्ब बन्द हुनुपर्नेलगायतका माग राखेका छन् ।
कर्मचारीहरुले हिजो पेन डाउन गरेर विरोध जनाएका थिए भने आज कार्गो जाँचपास शाखामार्फत् हुने निकासी, पैठारी सम्बन्धी सम्पूर्ण कार्य पूर्णरुपमा बन्द गरेका छन् ।

अर्थ मन्त्रालयका एक उच्च अधिकारीले दिएको जानकारीअनुसार भन्सारका कर्मचारी सरुवाको माग गर्दै दैनिक मन्त्रालयमा धाइरहेका छन् । “कर्मचारीहरु रुँदै आइरहेका छन्,” मन्त्रालय स्रोतले भन्यो ।

तर भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले कर्मचारीमाथि पनि अनुसन्धान गर्न राज्यको अर्को निकायले पाउने बताए । “अनुसन्धान गर्न पाउनुपर्छ तर अनावश्यक दुःख दिनुभएन,” उनले भने,“तस्करीमा संलग्न भएको भए जति आन्दोलनमा उत्रिए पनि कारबाही हुन्छ ।”

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group