ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसिड आक्रमणका पीडित भन्छन्– हामीमाथि त भयो, यस्तो अपराध विश्वमै नहोस्


एबीसी न्यूज
२५ भदौ २०८०, सोमबार   ४ : ०८   बजे

काठमाडौं, २५ भदौ । आफूहरूमाथि जस्तो आक्रमण गरियो, त्यस्तो कतै नहोस् भन्ने कामना गर्छिन्, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विन्दवासिनी कंसाकार । “हामीमाथि त तेजाब प्रहारको घटना भयो,’’ कंसाकार भन्छिन्, ‘‘यस्तो अपराध नेपालमा मात्रै होइन, विश्वमा कहीँ पनि नहोस् ।”

०७० सालमा उनीमाथि एसिड छ्यापिएको थियो । उनी भन्छिन्, “नेपालमा ६० देखि ७० हजार मान्छे वर्षमा जल्ने आगलागी, पेट्रोल, तेजाब प्रहारबाट गर्छन् । तर, उपचारका लागि कुनै व्यवस्था छैन ।”

तेजाब आक्रमणविरुद्धको जागरण दिवसका अवसरमा सोमबार नेकपा एमालेले केन्द्रीय कार्यालय च्यासल एक कार्यक्रमको आयोजना गर्‍यो । कार्यक्रममा पीडितले तेजाब आक्रमणसम्बन्धी कानुन बनाइए पनि कार्यान्वयन नभएको गुनासो गरे ।

सांसद कंसारकारले तेजाबको जलनबाट मात्र नभएर आगो, पेट्रोलबाट जलेकाको पीडा पनि उत्तिकै रहेको बताइन् । उनले एसिड आक्रमणविरुद्धको कानुन कार्यान्वयनमा जोड दिइन् । “विगतमा जुन कानुन बनेको छ, त्यो पर्यात छ । तर, त्यो कार्यान्वयनमा आएको छैन,” उनले भनिन् ।

कानुन कार्यान्वयनमा ल्याउन व्यक्तिगत र पार्टीका तर्फबाट पहल गरिरहने उनले प्रतिबद्धता जनाइन् ।

तेजाब आक्रमणमा परेकी अर्को पीडित हुन्, मुस्कान खातुन । ०७६ सालमा उनी तेजाब आक्रमणमा परेकी थिइन् । उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब आक्रमणसम्बन्धी कानुन १५ दिनमा नै ल्याएकामा धन्यवाद दिइन् ।

पहिलेभन्दा बलियो कानुन रहेको बताउँदै उनले गाउँघरमा जनचेतना जगाउनुपर्ने आवश्यकता औँल्याइन् । “कानुन छिट्टै आयो, तेजाब आक्रमण कम देखिएको छ । गाउँघरमा जनचेतनामूलक कार्यक्रम ल्याउन आवश्यक छ,” उनले भनिन्, “गाउँघरमा तेजाब आक्रमण भनेको थाहा नै रहेनछ ।”

कानुन निर्माणपछि सुविधा भए पनि औषधि लिन कठिनाइ व्यहोर्नुपरेको उनले सुनाइन् । “कानुन त आयो, तर हामीलाई एउटा आधार कार्ड भइदिएको भए निरन्तर रूपमा औषधि पाउन सकिन्थ्यो होला,” उनले भनिन् ।

अर्की पीडित जेनी खड्काले जलनको पीडा जिन्दगीभर रहने बताइन् । ०७६ जेठमा श्रीमान् विष्णु खड्काले जेनीमाथि एसिड छ्यापेका थिए ।

“जलन भनेको एकचोटि जल्यो, एकपटक अस्पतालमा भर्ना भयो, निको भयो, घर आयो, त्यो होइन,” उनले भनिन्, “जिन्दगीभर अपरेसन गर्नुपर्ने, क्रिम निरन्तर लगाउनुपर्छ । दाग कहिल्यै जाँदैन, कम गर्न सकिन्छ ।”

एसिड आक्रमणमा मात्र नभएर पेट्रोल छर्किएको घटनालाई पनि समान रूपमा हेरिनुपर्नेमा उनले जोड दिइन् । जल्नेका पीडा अरूले अनुभव गर्न नसक्ने उनको भनाइ छ ।

“गर्ने हो भने सबैलाई गर्नुस्, किन एसिडलाई मात्रै रु,” उनले भनिन्, “अस्पतालमा बिरामीहरूले मलाई कसले हेर्छ, कसले बिहे गर्छ भन्छन्, जल्नेको पीडा जिन्दगीभरका लागि हुन्छ । अस्पताल गएर हेर्नुस्, धेरै देखिन्छ ।”

अस्पतालमा औषधि लिन जाँदा उपचार सुरु गरिएदेखिका सम्पूर्ण कागजात लैजानुपरेकाले अप्ठ्यारो भएको उनले सुनाइन् ।

एमाले नेत्री जुलीकुमारी महतोले तेजाबको जलनले जिन्दगीभर पोल्ने बताइन् । एसिड आक्रमणबारे पार्टीले सधैँ पीडितका पक्षमा काम गर्ने उनले उल्लेख गरिन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले पीडितको व्यथा सुनेपछि कडा कानुन ल्याएको बताए । ०७७ सालमा ओली नेतृत्वको सरकारले एसिड आाक्रमणविरुद्ध कानुन ल्याएको थियो ।

“एसिड आक्रमणका पीडितलाई भेटघाट गरेँ, उहाँहरूको व्यथा र पीडा सुनेँ,” उनी भन्छन्, “सबैभन्दा पहिले जल्दोबल्दो समाधान गर्नुपर्ने देखियो, यसमा द्विविधा हुँदैन । आत्महत्याको प्रयासस्वरूप कसैले एसिड फाल्दैन ।”

अत्यन्तै पीडा सहेर बाँच्नुपर्ने देखेपछि त्यहीअनुसार कानुन ल्याइएको उनले सुनाए । “बाँच्नेले अत्यन्त पीडा सहेर बाँच्नुपर्छ । त्यस्तो स्थितिमा पुर्‍याउने रोक्न कानुन बनायौँ । त्यति बेला अध्यादेशबाट ल्याएका थियौँ,” ओलीले भने, “त्यसलाई कार्यान्वयन हुन नदिन धेरै कोसिस भयो । धेरै मुस्किलले हामीले यस ठाउँमा ल्याइपुर्‍याएका छौँ ।”

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu