ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली सेनाको भगवती दल गणमा सैन्य आधार तालिमको अन्तिम दलेल कवाज सम्पन्न


एबीसी न्यूज
२५ भदौ २०८०, सोमबार   ७ : १६   बजे

पोखरा, २५ भदौ । नेपाली सेनाको श्री भगवती दल गण, फूलबारी ब्यारेक पोखरामा सञ्चालित सि.सं. २ सैन्य आधार तालिमको अन्तिम दलेल कवाज सोमबार सम्पन्न भएको छ ।२०७९ मंसिर १ गतेदेखि सुरु भएको तालिमको सोमबार अन्तिम दलेल कवाज सम्पन्न भएको हो ।

तालिममा ९६ जना सैन्य शिक्षार्थी सहभागी थिए । तालिमको समापनका अवसरमा बोल्दै नेपाली सेना श्री नं। २३ बाहिनी अड्डाका सहायक बाहिनीपति महासेनानी सुरेश आचार्यले राष्ट्रको मेरुदण्ड सेना हो भने सेनाको मेरुदण्ड तालिम प्राप्त अनुशासित तथा कर्तव्यनिष्ठ सिपाही हो भन्ने तथ्यलाई हरहमेसा मनन् गर्न निर्देशन दिए ।करिब ९ महिनाको कठोर तालिमपश्चात् अन्तिम कवाज सम्पन्न गरेकोमा बधाई दिँदै महासेनानी आचार्यले अभिभावकहरूलाई धन्यवाद तथा तालिमका सहभागी सिपाहीहरुलाई शुभकामना समेत दिएका थिए ।

तालिममा सहभागी शिक्षार्थीमध्ये सैन्य कविराज अधिकारी सर्वोत्कृष्ट शिक्षार्थी बन्न सफल बनेको छन् । सोमबार सम्पन्न अन्तिम दलेल कवाज कार्यक्रममा नवनियुक्त तालिमे सिपाहीहरुका अभिभावकहरुको समेत उपस्थिति रहेको थियो । नेपाली सेना, भगवती दल गण, फूलबारी ब्यारेकका गणपति प्रमुख सेनानी सञ्जयकुमार खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री, सशस्त्र प्रहरी बल कालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर बानियाँ, राष्ट्रिय अनुसन्धान विभाग, कास्कीका प्रमुख, उप अनुसन्धान निर्देशक उत्तम खनाल, जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकलगायत विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group