काठमाडौँ २६ भदौ । पूर्वसभामुख एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको सचिवालयले हृदयघात भएपछि उनलाई उपचारका लागि गएराति १ः ३० बजे त्रिवि शिक्षण अस्पताल लगिएका जनाएको छ । तर, उपचारको क्रममा उनको त्यहीँ निधन भएको स्वकीय सचिव कृष्णप्रसाद काफ्लेले बताए ।
उनका अनुसार नेम्वाङमा सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका थिए । तर गएराति अचानक हृदयघात हुन पुगेको हो ।
नेम्वाङको निधनको खबरपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पार्टी अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालगायत पार्टी नेता अस्पताल पुगेका छन् ।
यसैबीच नेम्वाङको निधनमा राष्ट्रपति रामचन्द्र पौडेलले दुःख व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्