ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुवास नेम्वाङको निधन : यी हुन् एमाले सचिवालय बैठकका निर्णय


एबीसी न्यूज
२६ भदौ २०८०, मंगलबार   ४ : ३४   बजे

काठमाडौं, २६ भदौ । नेकपा एमालेले स्वर्गीय उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनमा विशेष शोक प्रस्ताव पारित गरेको छ । नेम्वाङको निधनपछि बसेको सचिवालयको आकस्मिक बैठकले विशेष शोक प्रस्ताव पारित गरेको हो ।

नेम्वाङको निधनले पार्टी मात्र नभएर देश नै शोकमग्न भएको एमालेले बताएको छ ।

“पार्टी परिवारमात्र होइन, सिंगो देश शोकमग्न भएको छ । बैठकले उहाँको योगदानको मूल्यांकन गर्दै विशेष शोक प्रस्ताव पारित गरेको छ,” बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले भने, “मुलुकको संविधान निर्माणका लागि उहाँले खेल्नु्भएको भूमिका नेपालको इतिहासमा अमिट रहेको छ । दुई–दुईपटक संविधानसभाको अध्यक्ष बन्ने दुर्लभ अवसर उहाँले पाउनुभएको हो ।

नेकपा एमालेका उपाध्यक्षको रुपमा, संसदीय दलको उपनेताको रुपमा, सार्वजनिक लेखा समितिको सभापतिको रुपमा उहाँले आफ्नो जिम्मेवारी खरो रुपमा निर्वाह गर्नुभएको छ ।”

ज्ञवालीले नेम्वाङ कति लोकप्रिय थिए भन्ने कुरा उनले लगातार चुनाव जितेबाटै प्रस्ट हुने बताए ।

“उहाँ कति लोकप्रिय हुनुहुन्थ्यो भन्ने कुरा उहाँले ०५६ सालदेखि लगातार पाँचपटक चुनाव जितेबाट पनि प्रष्ट हुन्छ,” ज्ञवालीले भने ।

एमालेले नेम्वाङको सम्मानमा तीन दिनसम्म देशभरका सबै पार्टी कार्यालयमा पार्टी झण्डा आधा झुकाउने निर्णय गरेको छ । यस्तै, केन्द्रीय कार्यालय, प्रदेशिक कार्यालयहरु र इलाम जिल्ला पार्टी कार्यालयमा शोक पुस्तिकासमेत राख्ने निर्णय एमालेले गरेको छ ।

पार्टी र अन्तर्गतका सबै जनवर्गीय संगठनले तीन दिनसमम सबै औचापरिक कार्यक्रम स्थगित गरेको पनि ज्ञवालीले जानकारी दिए । “असोज २ गते उहाँको सम्मानमा पार्टी केन्द्रीय कार्यालयको आयोजनामा विशेष श्रद्धाञ्जली सभा आयोजना गरिनेछ,” ज्ञवालीले भने ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

१४ बुँदे सहमतिपछि लघुवित्त ऋणीको धर्ना अन्त्य, ३२३ जना घर फर्किए

प्रधानमन्त्रीको अधिनायकवादी कार्यशैली रोक्न राष्ट्रपतिसँग संवाद गरिने : शंकर पोखरेल

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu