ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१६ दिनदेखि बेपत्ता मेजर बिमल पण्डितको शव फेला


abc tv
२६ भदौ २०८०, मंगलबार   ५ : ५५   बजे

सुर्खेत । डोल्पाको दुनैस्थित नन्दबक्स ब्यारेकमा कार्यरत नेपाली सेनाका सेनानी विमल पण्डितको मंगलबार भेरी नदीमा शव फेला परेको छ । मेजर पण्डित १६ दिनदेखि बेपत्ता थिए ।

त्रिपुरासुन्दरी नगरपालिका ५ अन्तर्गत पर्ने करबगाडको चिन्ढेबगर नजिक भेरीको किनारमा मेजर पण्डितको शव फेला परेको हो ।

भेरीमा माछा मार्न जाल खेल्दै जाने क्रममा बिहान ६ बजेतिर त्रिपुरासुन्दरी ५ का परिमल भनिने शिवमल सार्कीले चिन्ढेबगर नदी किनारमा लास देखेपछि खदांगस्थित प्रहरी चौकीमा खबर गरेका थिए । दुईवटा ढुंगाको खोल्सामा शव देखेपछि आफूले बेपत्ता मेजर हुन् कि भनेर जाल खेल्न छाडेर चौकीमा खबर गरेको उनले बताए ।

सार्कीले खबर गर्नेबित्तिकै खदांग प्रहरीले जिल्ला प्रहरी कार्यालयमा थाहा दिएको थियो । प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीको कमान्डमा उद्धार सामग्रीसहित नेपाली सेनाका मेजर रवि शाहको टोली शव फेला परेको चिन्ढेबगरमा पुगेको थियो । प्रनाउ बुढाथोकीको टोली पुगेको केही समयपछि रामबाण गुल्मका गुल्मपती ध्रुव कार्कीको टोलीसमेत शव भेटिएको ठाउँमा पुगेपछि भेरीको किनारमा ढुंगाको खोचमा रहेको शव बाहिर निकालेर हेर्दा र मेजर पण्डितले लगाएका घडी, औंठीबाट शव बेपत्ता मेजरको भएको पुष्टि भएको घटनास्थलमा पुगेका प्रहरी नायव उपरिक्षक शिव बुढाथोकीले बताए ।

शव फेला परेको ठाउँबाटै प्रत्यक्षदर्शी लगायतका स्थानीयहरु समेतको उपस्थितिमा शवको मुचुल्का उठाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल दुनैमा लगिने तयारी भइरहेको उनले बताए ।

शव पहिचानका लागि मेजर पण्डितका दाई कुमार पण्डितसमेत घटनास्थलमा पुगेका थिए । काठमाडौंस्थित कागेश्वरी मनोहरा नगरपालिका डाँछी घरभई डोल्पामा कार्यरत ३८ वर्षीय मेजर पण्डित भदौ १० गते अपराह्न ४ बजेबाट बेपत्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group