ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अब निजी विद्यालय गुठीमा मात्रै दर्ता हुने गरि शिक्षा विधेयक संसद्‌मा दर्ता


एबीसी न्यूज
२७ भदौ २०८०, बुधबार   १ : १५   बजे

काठमाडौं, २७ भदौ । सरकारले शिक्षा ऐन संशोधन तथा एकीकरण गर्न बनेको विधेयक संसद्‌मा दर्ता गरेको छ । विद्यालय तहमा ४६ हजार नयाँ दरबन्दी थप गर्ने प्रस्तावसहित बुधबार संसद् सचिवालयमा विधेयक दर्ता भएको हो ।

दर्ता विधेयकमा निजी विद्यालयलाई कम्पनीअन्तर्गत चल्ने वा गुठीमा जाने छनौट दिइएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माका अनुसार अब नयाँ दर्ता हुने विद्यालय भने कम्पनीअन्तर्गत दर्ता हुन पाउने छैनन् ।

“अब दर्ता हुने विद्यालय कम्पनीमा दर्ता नहुने प्रावधान विधेयकमा प्रस्ताव गरिएको छ,” प्रवक्ता शर्माले  भने, “पहिले दर्ता भएर सञ्चालनमा रहेका निजी विद्यालयहरूले भने कम्पनीमा सञ्चालन हुने वा गुठीमा जाने भनेर छनौटको अधिकार पाउने छन् ।”

उनले कम्पनीमा सञ्चालन हुन चाहने र गुठीमा जानेका लागि विधेयकमा फरक–फरक प्याकेज रहेको जानकारी दिए ।

एकपटकका लागि उमेरद नलाग्ने प्रस्ताव

विधेयकमा एक पटकका लागि राहत, प्राविधिक धार र अनुदानमा कार्यरत शिक्षकलाई उमेर हद नलाग्ने प्रस्ताव गरिएको छ ।

यो प्रस्ताव पारित भएमा सामुदायिक विद्यालयमा कार्यरत राहत, प्राविधिक विषयका र अनुदानमा कार्यरत शिक्षकले जुनसुकै उमेरको भए पनि एक पटकका लागि शिक्षा आयोगले लिने परीक्षामा सहभागी हुन पाउने छन् ।

त्यसरी आयोगले लिने परीक्षामा अनुत्तीर्ण हुने शिक्षकलाई आर्थिक सुविधा उपलब्ध गराउन सकिने प्रस्ताव पनि विधेयकमा छ । राहत र अनुदान कोटामा देशभर करिब ४६ हजार शिक्षक कार्यरत छन् ।

यस्तै, कक्षा ११ र १२ मा अध्यापन गरिरहेका शिक्षकलाई पनि एकपटकका लागि उमेर हद नलाग्ने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ । कक्षाका ११ र १२ मा अध्यापनरत शिक्षकहरूले आयोगले लिने माध्यामिक तहको तृतीय र द्वितीय श्रेणीको खुलातर्फको विज्ञापनमा भाग लिन पाउने छन् ।

दरबन्दी थप गर्ने विधेयकको प्रावधान संसद्‌बाट जस्ताको तस्तै पारित भएमा राहतका ४६ हजार नयाँ दरबन्दी थपिने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।

अहिले एक लाख ६ हजार मात्रै दरबन्दी स्वीकृत छ । अब विधेयक पारित भएमा ४० हजार राहत, चार हजार ११ र १२ कक्षाको अनुदान, ३५० विशेष शिक्षा र एक हजार ६५० प्राविधिकतर्फ शिक्षकको दरबन्दी थपिने छ ।

“अहिले नै उनीहरू स्वतः दरबन्दीअनुसार स्थायी भनिएको होइन । दरबन्दी संख्या थप्ने प्रस्ताव गरिएको हो,” प्रवक्ता शर्माले भने, “प्रस्ताव अनुरुप नै विधेयक पारित भएर ऐन बनेमा उनीहरू प्रतिस्पर्धामा जाने मात्र आउने हुन् ।”

विधेयकमा ‘अहिले कायम रहेको राहत शिक्षक अनुदान कोटा र विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षक तथा प्रशिक्षक अनुदान कोटा स्वतः शिक्षक दरबन्दीमा परिणत हुने’ प्रस्ताव गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

सम्बन्धित

मन्त्री फेरबदलको बहस : नयाँ राजनीतिको परीक्षा कि पुरानै संस्कारको पुनरावृत्ति?

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

आर्कटिकमा खतरनाक खेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu