ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सभापति र महामन्त्रीहरु दुई ध्रुवमा भएपछि पार्टी कसरी चल्छ, शेखरको प्रश्न ?


एबीसी न्यूज
२७ भदौ २०८०, बुधबार   २ : ०२   बजे

काठमाडौं, २७ भदौ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीमा सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा दुई ध्रुवमा बाडिएको बताएका छन् ।

बीपी युथ सर्कलले बुधबार काभ्रेको धुलिखेलमा आयोजना गरेको युवाहरूको विचार सम्मेलन कार्यक्रममा बोल्दै उनले सभापति र महामन्त्री दुई ध्रुवमा बाडिदा पार्टी कसरी चल्छ भन्दै प्रश्न गरे ।

“सभापति र दुईजना महामन्त्री दुई ध्रुवमा बाडिनुभएको छ । अनि पार्टी चल्छ कसरी रु यो सोचेका छौँ रु,” उनले भने ।

बीपी कोइरालाको समयमा पार्टी सभापति सिस्टममा चल्ने गरेको भन्दै नेता कोइरालाले सभापति प्रणाली हो भने पार्टी त्यसरी नै चल्नुपर्ने र बहुपदीय सिस्टममा पार्टी चल्ने भए त्यसरी नै चल्नुपर्ने बताए । अहिले पार्टीभित्र सभापति र महामन्त्री दुई ध्रुवमा बाडिदा पार्टीमा विग्रह आएको उनले बताए ।

“सभापति प्रणाली हो भने त्यो हिसाबले हिँड्नुपर्यो । नभए अर्कै कुनै उपाय खोज्नुपर्छ । पार्टी सञ्चालन गर्न त्यो जरुरी छ । अहिले बहुपदीय भनिएको छ । बहुपदीयलाई खराब त भन्दिनँ, तर मिलेको छैन । यसले हामीलाई बिगारेको छ,” उनले भने ।

उनले पार्टी र सरकार पारदर्शी बन्नुपर्ने धारणा राखे । साथै, कोसी प्रदेशमा धार्मिक दंगा फैलन सक्ने डर बढ्दै गएकोप्रति उनले चिन्ता व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

सम्बन्धित

मन्त्री फेरबदलको बहस : नयाँ राजनीतिको परीक्षा कि पुरानै संस्कारको पुनरावृत्ति?

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

आर्कटिकमा खतरनाक खेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu