ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्री बनाउन पैसा मागेको प्रमाण ल्याए ७२ घण्टाभित्र कारबाही गर्छौं, रास्वपा:


एबीसी न्यूज
२७ भदौ २०८०, बुधबार   २ : १०   बजे

काठमाडौं, २७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले डा: ढाकाकुमार श्रेष्ठले लगाएइको आरोप पुष्टि गर्न चुनौती दिएको छ ।

श्रेष्ठले पार्टीका केन्द्रीय सदस्य मोहनजंग थापाले आफूलाई मन्त्री बनाउन तीन करोड रुपैयाँ माग गरेको आरोपप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टी महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले बुधबार विज्ञप्ति जारी गर्दै बिनाआधार, बिनाप्रमाण पार्टीको छविमा आँच पुर्‍याउने मनसायले पार्टीका सम्बन्धमा फैलाइएका सूचनाबाट भ्रममा नपर्न पनि आग्रह गरेको छ । विज्ञप्तिमा थापाको नाम उल्लेख छैन ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडियो सार्वजनिक भएपछि श्रेष्ठलाई रास्वपाले साधारण सदस्यबाट हटाउँदा सांसद पद गुमेको थियो । केही दिनअघि स्पेस फोर के टेलिभिजनसँगको संवादमा बोल्दै थापाले श्रेष्ठले तीन करोड मागिए पनि साढे दुई करोडमा डिल भएको खुलाएका थिए ।

रास्वपाले घुस मागेको प्रकरणमा पार्टीका कुनै पनि तहको पदाधिकारी वा केन्द्रीय सदस्यले पार्टीको नाम प्रयोग गरी कसैसँग पैसा मागेको ठोस प्रमाण लिएर डा।श्रेष्ठ वा जोकोही आए त्यस्ता सदस्य जोकोही भए पनि प्रमाण पेस भएको ७२ घण्टाभित्र कारबाही गरिने जनाएको छ ।

“राष्ट्रिय स्वतन्त्र पार्टी पारदर्शिता, जवाफदेहिता र भ्रष्ट्राचारप्रति शुन्य सहनशीलताको नीति अनुशरण गर्ने पार्टी भएकाले यस प्रकरणमा अझै पनि पार्टीका कुनै पनि तहको पदाधिकारी वा केन्द्रीय सदस्यले पार्टीको नाम प्रयोग गरी कसैसँग पैसा मागेको ठोस प्रमाण लिएर डा।श्रेष्ठ वा जोकोही आउनुभएको अवस्थामा पार्टीले त्यस्ता सदस्य जोकोही भए पनि प्रमाण पेस भएको ७२ घण्टाभित्र कारबाही गरिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछौँ,” विज्ञप्तिमा भनिएको छ, “साथै पार्टीप्रतिको जनविश्वास, आस्था र भरोसामा चोट पुर्‍याउने कुत्सित प्रयत्न कसैबाट नहोस् भनी सचेत समेत गराउन चाहन्छौँ ।”

rawapa2-1694591440.jpg

rawapa1-1694591342.jpg

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group