ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल हुँदै भारत पुग्थ्यो, हङकङबाट भित्रिएको तस्करीको सुन


एबीसी न्यूज
२७ भदौ २०८०, बुधबार   ३ : ०८   बजे

काठमाडौं, २७ भदौ । नेपालमा पछिल्लो समय हवाई मार्ग हुँदै भइरहेको सुन तस्करीका लागि हङकङलाई ट्रान्जिट बनाएको पाइएको छ।

साउन ३ गते बरामद भएको करिब ६१ किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्री अनुसन्धान ब्युरो सीआईबी ले गरेको ३५ दिन लामो अनुसन्धाननबाट उक्त कुरा खुलेको हो।

हङकङमा तीनवटा र नेपालमा पाँचवटा कम्पनी नै खडा गरेर कार्गोमार्फत सुन तस्करी हुने गरेको खुलेको हो। यो सुन तस्करी प्रकरणमा हङकङबाट नेपाल पठाउने काममा चिनियाँ नागरिकहरुको संलग्न पाइएको छ। त्यसैगरी ताइवानका नागरिक पनि नेपालमा हुने गरेको सुन तस्करीमा जोडिएका छन।

सुन तस्करीको अनुसन्धानमा खटिएका सीआईबीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बुधबार आयोजित पत्रकार सम्मेलनमा हङकङ हुँदै नेपाल भित्रिएको सुन अवैध बाटोबाट भारत पुग्ने गरेको पाइएको बताए।

‘पछिल्लो समय धेरै अवैध सुन हङकङबाट नेपाल भित्रिएको भेटिएको छ’, उनले भने, ‘हाम्रो अनुसन्धान टोलीले नेपाल भित्रिएको उक्त सुन भारतीय बजारमा पुग्ने गरेको पाएको छ। यो प्रकरणमा अवैध सुन भारतसम्म पुर्‍याउन भारतीय नागरिकहरु पनि संलग्न रहेका भेटेका छौँ।’

सीआईबीले गत साउन ३ गते बरामद करिब ६१ केजी सुन प्रकरणमा ५० जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय दिँदैछ।

सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यले पक्राउ परेका ९ विदेशीसहित ३२ जना तथा फरार रहेका १४ विदेशीसहित १८ जनाविरुद्ध मुद्दा चलाउन राय दिइएको बताइन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group