ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विपक्षी गठबन्धन इन्डियाले १४ जना टेलिभिजन पत्रकारको कार्यक्रम बहिष्कार गर्ने


ABC NEWS
२९ भदौ २०८०, शुक्रबार   ४ : २९   बजे

काठमाडौँ २९ भदौ । भारतीय विपक्षी गठबन्धन भारतीय राष्ट्रिय विकासवादी समावेशी गठबन्धन(इन्डिया) ले केही टेलिभिज पत्रकारलाई बहिष्कार गर्ने भएको छ । बिहीबार विपक्षी गठबन्धनअन्तर्गतको सबैभन्दा ठूलो दल भारतीय कंग्रेसको सञ्चार तथा प्रचार विभागका प्रमुखसमेत रहेका नेता पवन खेराले एक सूची जारी गदैै ‘आजतकु च्यानलका सम्पादक सुधीर चौधरीदेखि रिपब्लिक टेलिभिजनका प्रधान सम्पादक अर्णव गोश्वामीसम्मका १४ जनालाई आफ्ना गठबन्धनको कुनै पनि कार्यक्रमको लागि अनुमति नदिने बताएका हुन् ।

बुधबार विपक्षी गठबन्धन इन्डियाको कोअर्डिनेसन कमिटीको बैठकले १४ जना पत्रकारको कार्यक्रममा आफ्ना नेता र प्रवक्तालाई नपठाउने निर्णय बीबीसले जनाएको छ ।

केही कार्यक्रम र त्यसका सञ्चालक बहिष्कार गर्नुको कारण खुलाउँदै कंग्रेस नेता खेराले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन्, ‘हरेक दिन साँझ ५ बजेदेखि केही च्यानलमा घृणाको पसल सजाइन्छ । हामी घृणाको बजारको ग्राहक बन्ने छैनौँ । हाम्रो उद्धेश्य हो ‘घृणामुक्त भारत । ‘हामीले हृदय भारी बनाएर केही एंकरका कार्यक्रममा हामी सहभागी हुँदैनौँ ।’ नेता खेराले आफ्ना नेताहरूविरुद्ध अनर्गल टिप्पणी, झुटा समाचार प्रसारण भइरहे पनि आफूहरू त्यसविरुद्ध निरन्तर लड्ने बताएका छन् । उनले समाजमा घृणा फैलाउन नदिने प्रतिबद्धतासमेत जनाएका छन् ।

जम्मू– कश्मीर केही प्रहरी र सैनिक अधिकृतको आतंकवादी आक्रमणमा मृत्यु भए पनि चुप रहने पत्रकारहरू बहिष्कार सूचीमा रहेको कंग्रेसले जनाएको छ । सेना प्रहरी सहिद भएका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्सव मनाएको पनि नेता खेराको आरोप छ । आफूहरूको सूचीमा परेका पत्रकार मोदीको इशारामा चल्ने दाबी गर्दै उनले लेखेका छन्, ‘यो पत्रकारको सूची होइन, यो त मोदीजीको ुचरण चुम्बकु भएकाहरूको सूची हो ।’

विपक्षी गठबन्धनले बहिष्कार गर्ने भनेको पत्रकारहरूको सूचीमा गोश्वामी र चौधरीसहित अदिति त्यागी, अमन चोपरा, अमिश देवगन, आनन्द नरसिंहा, अशोक श्रीवास्तव, चित्रा त्रिपाठी, गौरव सावन्त, नविका कुमार, प्राची पराशर, रुबिका लियाकत, शिव अरूर र सुशान्त सिन्हा रहेका छन् ।
न्डिया गठन्धन्धलने यी पत्रकारहरुले पत्रकारिताको मर्ममाथि प्रहार गर्दै मोदी प्रशासनको दलाली गरेको र हिन्दू–मुश्लिमको नाममा जतिय घृणा फैलाउने काम गर्दै आएको आरोप लगाएका छन् । पछिल्लो समय सन् २०२४ को लोकसभा निर्वाचनको तयारी चल्दै गर्दा भारतीय राजनीतिक समाज पुर्रै दुई ध्रुवमा बांडिएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

सम्बन्धित

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

युक्रेनी राष्ट्रपतिले किन हटाए सेना प्रमुख ?

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu