ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाण्डौ र ललितपुरका विभिन्न ठाउँमा तीन दिन विद्युत् आपूर्ति प्रभावित हुने


एबीसी न्यूज
२९ भदौ २०८०, शुक्रबार   ८ : ५२   बजे

काठमाडौ २९ भदौ । काठमाण्डौ र ललितपुरका विभिन्न क्षेत्रमा आजदेखि तीन दिन बिजुलीको आपूर्ति ठप्प हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले स्युचाटार–टेकु लाइन तीन दिन सट डाउन गर्न लागेकाले बिजुलीको आपूर्ति ठप्प हुने भएको हो ।

टेकु सबस्टेशन स्तरोन्नति गरी टेकु स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्ने गरी काम भइरहेको र त्यसका लागि ६६ केभी स्युचाटार–टेकु लाइन आज बिहान ८ बजेदेखि सोमवार बिहान ८ बजेसम्म सटडाउन गर्नुपर्ने प्राधिकरणले जनाएको छ।त्यस्तै, ६६ केभी स्युचाटार–पाटन प्रसारण लाइन भोलि बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म र ६६ केभी स्युचाटार–के ३ लाइन भोलि दिउँसो ३ बजेदेखि बेलुका ५ बजेसम्म सटडाउन गरिने प्राधिकरणले जनाएको छ ।

यसले गर्दा कुलेश्वर वितरण केन्द्र अन्तर्गत रिङ मेन, ताहाचल, चमती फिडर र पुल्चोक वितरण केन्द्र अन्तर्गत पुल्चोक, रिङ रोड, भैँसेपाटी फिडरका साथै टेकु सबस्टेसन तथा थापाथली, सुन्धाराबाट आपूर्ति भइरहेको रत्नपार्क वितरण केन्द्रअन्तर्गत पर्ने फिडरहरू प्रभावित हुने तथा पिक लोडको बेला केही समय विद्युत् कटौती हुन सक्ने प्राधिकरणले जनाएको छ ।

त्यस्तै, ६६ केभी स्युचाटार पाटन प्रसारण लाइन अन्तर्गत पाटन सबस्टेसनबाट आपूर्ति भइरहेको पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरू प्रभावित हुने तथा पिक लोडको बेला केही समय विद्युत् कटौती हुन सक्ने प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रुकुम पश्चिममा माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

वर्षाले देशका विभिन्न सडक अवरुद्ध, सवारीसाधन सञ्चालनमा रोक

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu