ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनतस्करको संरक्षणदेखि क्रिप्टोमा लगानी गर्थे दावा, किशोर बस्नेत र पेम्बालाई दिन्थे प्रतिकिलो २० हजार


एबीसी न्यूज
२९ भदौ २०८०, शुक्रबार   ९ : २१   बजे

काठमाडौं, २९ भदौ ।  जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले झण्डै ६१ किलो सुन प्रकरणमा आइतबार अभियोग पत्र दायर गर्ने भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा अभियोग पत्रको अन्तिम तयारी सरकारी वकिल कार्यालयले गरिरहेको छ।

सुन तस्करी प्रकरणमा सीआईबीले तिब्बतीयन मुलका बेल्जियन नागरिक दावा छिरिङलाई पनि प्रतिवादी बनाएका छ।

दावा यसअघि भएको भेपको ९ किलो सुन तस्करी प्रकरणमा पनि संलग्न रहेको अभियोग पत्रमा उल्लेख छ। यस्तै उनले ब्रेकप्याडमा सुन तस्करी गर्ने समूहलाई पनि संरक्षण गरेको आरोप छ।

‘प्रतिवादी दावा छिरिङले चाइनिज नागरिकहरु मि टिन, याङ वेन, याओ पुचेङलाई आफूले सञ्चालन गरेको होटल भियनामा संरक्षण दिई दैनिक जसो होटलका कोठाहरु परिवर्तन गराई होटलमा लुकाई राखी संरक्षण गरेको, प्रतिवादी किशोर बस्नेतलाई चाइनिज नागरिकहरुलाई भारतसम्म लैजाने व्यवस्थापन गर्न निर्देशन दिएको, चाइनिज नागरिक गोम्बोसँग मिलि सुन गाल्ने केमिकल मगाई प्रतिवादी किशोर बस्नेतलाई काठमाडौंको संचयकोष भवन नजिकबाट ठमेलस्थित होटल भियनासम्म ल्याउन लगाई सो बापत किशोर बस्नेतलाई २० हजार रुपैयाँ दिएको पाइयो’, अभियोगपत्रमा उल्लेख छ।

यस्तै किशोर बस्नेत र पेम्बा दोर्जे शेर्पालाई सुनको बिस्कुट भएको फोटो देखाई सुन खरिद गर्ने मानिस खोज्नु भनी निर्देशन दिएको समेत खुलेको छ। त्यसबापत किशोर बस्नेत र पेम्बालाई प्रतिकेजी २० हजार रुपैयाँ कमिसन दिने गरेका थिए।

दावा छिरिङको मोबाईल परीक्षण गर्दा त्यहाँ समेत थप प्रमाण प्रहरीले फेला पारेको छ। दावाको मोबाईलको गुगल ब्राउजरमा ‘गोल्ड रेट टुडे, गोल्ड प्राइज इन नेपाल टुडे, १ केजी गोल्ड प्राइज इन इण्डिया’ भनि खोजि गरेको भेटिएको छ।

यस्तै मोवाइलमा ‘युछिन गोल्ड १ किलो’ लेखिएको सुनको फोटो पनि फेला परेको छ। अर्को बाक्सामा सुन भएको फोटो चिनियाँ नागरिक आगो भन्ने वेङ जिङ्गाउ ले पठाएको पाइएको छ।

यस्तै उनले म्यासेजमा कुराकानी गरेका छन्, ‘भाइ सुनन रेट के होरु यो २र३ दिनमा सामान कति ७ किलो जति दिएछ, ५ किलो दिएको छ। पार्टीले किनिराछ। हिजो र अस्तिमा कति किलो किनेको छ भने ६५ किलो किनेको छ।’

२० जुलाईमा हङकङबाट नेपाल क्यारी अन ले नेपाल डेलिभर गर्न लागेको वा पछि रद्द गरेको विषयका विवरण पनि दावाको मोवाइलमा फेला परेको छ।

अनुसन्धान भएको विमानस्थलबाट इलेक्ट्रिक सिग्रेट भेपमा सुन लुकाई छिपाई ल्याएको सुटकेश त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले नियन्त्रणमा लिए पश्चात चाईनिज नागरिक लि फुचेङले सो सामानको फोटो पठाएको र भेपको विवरण पनि दावासँग फेला परेको छ।

यस्तै वीच्याटमा चिनका अरु सुन तस्कर झुसँग कुरा गरेको, विवरण उनलाई पठाएको देखिएको लगायतका काराण दावा सुन तस्करीमा संलग्न रहेको अभियोग छ।

यस्तै त्यसवापत प्राप्त गरेको रकम लुकाउन छिपाउनको लागी अबैध रुपमा क्रिप्टोमा लगानी गरेको समेत पुष्टी भएको अभियोगमा दाबी छ।

अबैध सुनको कारोबारको क्रममा संगठित समूहका सदस्यहरु मध्ये प्रतिवादी स्टेप्स अथवा रोगर भन्ने लि नेङ्काई र अबैध सुन किन्ने सर्राफबिच क्रिप्टोको कारोबार भएको समेत देखिएको प्रहरी प्रतिवेदनमा उल्लेख छ।

शिव कुमारले व्यवस्थापकको भूमिका निभाए बापत युएसडिटी मार्फत रकम प्राप्त गर्ने गरेको पुष्टी भएको उल्लेख छ।

दावा छिरिङले झुठो ब्यहोराको कागजहरु बनाई जिल्ला प्रशासन कार्यालय, काभ्रेपलान्चोकबाट निमा तामाङको नामबाट नेपाली नागरिकताको प्रमाण पत्र समेत लिएको खुलेको छ। दावा छिरिङले नेपालमा बसी अवैध कारोबार गर्नको लागी संजाल बिस्तार गर्नको लागी नेपाली नागरिकता बनाएको पुष्टी भएको अनुसन्धान प्रतिवेदनमा दाबी छ।

दावा छिरिङले होटल संचालन गरी सो होटलको नामबाट प्रतिवादी याओ पुचेङ समेतलाई भारतीय नागरिकको आधार कार्ड राखी होटल बुक गराई दैनिक जस्तो कोठा परिवर्तन गराई लुकाई संरक्षण गरेको आरोप पनि अभियोग पत्रमा छ।

‘आपराधिक समूहसँग प्रत्यक्ष रुपमा संलग्न रही सोही समूहबाट आपराधिक लाभ लिई समूहका सदस्यहरुलाई परिचालित गरी संरक्षण दिएबाट संगठित समूहमा रही अवैध सुनको कारोबारमा संलग्न रहेको पुष्टी हुन आयो’, दावाको संलग्नताबारे अभियोग पत्रमा उल्लेख गरिएको छ।

दावाकी पत्नी अमला रोकालाई पनि प्रतिवादी बनाउन सीआईबीले राय दिएको छ। उनले पनि तस्करीमा संलग्न व्यक्तिहरुसँग पटक–पटक सम्पर्क गरेको खुलेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group