ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चाडपर्व लक्षित अनुगमन : एक हप्तामै १५० पसल कारबाहीमा


एबीसी न्यूज
२९ भदौ २०८०, शुक्रबार   ९ : ३५   बजे

काठमाडौं, २९ भदौ । चाडबाड नजिकिएसँगै सरकारी बजार अनुगमन टोली बजारतिर दौडिन थालेको छ। संघीय सरकार अन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाएको हो।

विभागले वर्षैभरि बजार अनुगमन हुने जनाएको छ। तर, वस्तु धेरै खपत हुने चाडबाडमा व्यपारीहरुले धेरै गडबड गर्न सक्ने आशंकामा बजार अनुमगनलाई तीव्र पारिएको हो।

विभागको तथ्याङ्क हेर्दा पछिल्लो ७ दिनमा १५० वटा पसलहरु कारबाहीमा परेका छन्। यही भदौ १७ गते देखि २५ गतेसम्मको बजार अनुगमनमा १५० पसललाई विभिन्न प्रकृतिका कारबाही गरिएको छ।

भदौ १७ गते विभागको अनुगमन टोलीले २१ वटा पसललाई कारबाही गरेको थियो।

त्यसक्रममा नगद जरिवाना, काजगत माग र निर्देशन जारीसहितका कारबाही गरिएको छ। भदौ १८ गतेको अनुगमनमा २२ वटा पसल कारबाहीमा परेका छन्।

भदौ १९ गते २८ वटा पसल कारबाहीमा परेका छन्। भदौ २१ गते २८ वटा,२२ गते २४ वटा,२४ गते २६ वटा र भदौ २५ गते २५ वटा पसल कारबाहीमा परेका विभागले जनाएको छ।

अनुगमनमा खाद्यान्न, किराना, मिनी मार्ट, बिजुलीका पसल, डेरी, रेष्टुरेन्ट, रेडिमेट र थानका कपडा पसल तथा सुनचाँदी पसलहरु कारबाहीमा परेको विभागले जनाएको छ।

विभागका अनुसार दैनिक उपभोगय वस्तुहरु बिक्री वितरण गर्ने स्थानमा बढी अनुगमन गरिएको छ।

यस्ता स्थानमा जाँदा खाद्यान्न अशुद्ध भेटिएको, कागजात नभएको, मूल्य सूची नराखिएको जस्ता विषय भेटिएका छन्। बिलबिजक राख्नुपर्नेमा त्यसो नगरेको कुराको पनि महत्वका साथ अनुगमन गरिएको विभागले जनाएको छ।

पसलहरुमा सामानको खरिद मूल्य र लिएको नाफा पनि नखुलाएर लुकाउने गरेको विभागले जनाएको छ। बढी नाफा लिन खोज्ने र कालोबजारी गर्ने गरेको पाइएपछि ती पसलहरुलाई नगद जरिवाना गरिएको छ।

अन्य कैफियत हुनेलाई विभागले कागजात माग्ने, निर्देशन जारी गर्ने, पसल नै बन्द गराउने जस्ता कारबाही गर्दै आएको जनाएको छ।

अहिले तीजको किनमेलको समय चलिरहेको र दसैँतिहार छठ पर्वसम्म यही गतिमा अनुगमन चल्ने विभागले जनाएको छ।

विभागले गत महिना जारी गरेको एक रिर्पोटमा चाडबाड सुरु हुनुअघि सबै खाद्यवस्तुको मूल्य वृद्धि भएको देखाएको छ। चाडबाडमा दैनिक उपभोग्य वस्तु बढी खपत हुन्छ। चाडवाड आउँदै गर्दा थोकदेखि खुद्रा बजारमा पनि मूल्यवृद्धि भएको छ।

जनै पूर्णिमा र तीज हुँदै दसैंतिहार र छठसम्म नेपालका महत्वपूर्ण चाडवाड हुन्। वर्षभरी खपत हुने केही वस्तु आधा हिस्सा यही चाडवाडको अवधीमा हुन्छ।

व्यापार व्यवसाय पनि चाडवाडमै धेरै हुन्छ। यसलाई लक्षित गरेर तथा अन्य बहानामा मूल्यवृद्धि गरिएको विभागले जनाएको छ।

विभागको पछिल्लो अध्ययनले मूल्ययवृद्धि धेरै खाद्य वस्तुमा भइरहेको देखाएको छ। विभागको तथ्याङ्क अनुसार नेपालीले धेरै उपयोग गर्ने चामलको मूल्य प्रतिबोरा १ सयदेखि २ सय रुपैयाँसम्म बढेको छ।

खुद्रा पसलमा चामलको जात र ठाउँ अनुसार मूल्यवृद्धि भएको छ। थोक बिक्रेताबाट प्रतिबोरा बढीमा ५० रुपैयाँ मात्रै मूल्य बढाएको विभागको अनुमगनले देखाएको छ।

चिनीको मूल्य सामान्य वृद्धि भएको छ। तेलको मूल्य बढेको छैन। रहर दाल र चनाको मूल्य प्रतिकेजी २० देखि ३० प्रतिशत वृद्धि भएको छ।आँटाको मूल्य प्रतिकेजी १० रुपैयाँसम्म वृद्धि भएको छ।

चामलको मूल्य वृद्धिको मुख्य कारण भारतबाट भइरहेको आयातमा अवरोध हो। भारतले चामल निर्यातमा प्रतिबन्ध लगाउँदा नेपालमा पनि त्यसको असर परेको छ। जसलाई बजार अनुमगनबाटै नियन्त्रण गर्ने वाणिज्य विभागले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group