ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार र चिकित्सक सङ्घबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता


एबीसी न्यूज
३१ भदौ २०८०, आइतबार   ८ : ०४   बजे

काठमाडौं, ३१ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाल चिकित्सक सङ्घबीच छ बुँदे सहमति भएको छ । आज आइतवार भएको छ बुँदे सहमतिसँगै सङ्घले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ ।आज दिनभर स्वास्थ्य मन्त्रालयमा भएको वार्तामा हेटौँडामा डाक्टरमाथि आक्रमणमा संलग्नलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनअनुसार कारबाही गर्ने सहमति भएको छ ।

सहमतिमा पक्राउ परेका चार जना र पक्राउ पुर्जी जारी भएका अन्य पाँच जनालाई ऐनअनुसार कारबाही गर्ने उल्लेख छ ।यस्तै ऐन कार्यान्वयनका लागि सरकारका सबै निकाय प्रतिबद्ध हुने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समितिलाई स्वास्थ्य मन्त्रालयले सक्रिय बनाउने र मासिक रूपमा बैठक बस्ने तथा डाक्टरहरूको सेवा सुविधा, सुरक्षा, जनशक्ति परिचालन, क्षमता अभिवृद्धि तथा विदेशिने क्रम कम गर्ने लगायतका काम गर्ने गरी तीन महिनाभित्र चिकित्सक सेवासम्बन्धी विधेयकको मस्यौदा तयार पार्ने सहमति भएको छ ।

सङ्घले आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गराएपछि स्वास्थ्य मन्त्रालयले वार्ता टोली बनाएर संवाद थालेको थियो ।हेटौँडा उपमहानगरपालिका–१२ पदमपोखरीका ४२ वर्षका राजेश प्रधानको उपचारको क्रममा ज्यान गएको भन्दै आफन्तले डाक्टरहरू विकास थापा र प्रशान्त बिराडीमाथि कुटपिट गरेका थिए । प्रहरीले कुटपिटमा संलग्न चार जनालाई पक्राउ गरे पनि चिकित्सक सङ्घले आज देशभर आकस्मिकबाहेकका सेवा बन्द गर्दा बिरामीको बिचल्ली भएको छ ।काठमाण्डौका वीर, त्रिवि शिक्षण अस्पताल, निजामती अस्पताल लगायतका अस्पतालमा टिकट लिन बिहानैदेखि बिरामीको भिड लागेको भए पनि उनीहरू अबेरसम्म अस्पतालमै बसेर उपचार नगराई फर्कन बाध्य भए । तर सरकारी अस्पतालहरूबाट बिरामी फर्किरहेका भए पनि धेरैजसो निजी अस्पतालहरू भने चलिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

सम्बन्धित

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

युक्रेनी राष्ट्रपतिले किन हटाए सेना प्रमुख ?

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu