ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँचवटा वाणिज्य बैंकले घोषणा गरे लाभांश, कुनको कति?


एबीसी न्यूज
१ आश्विन २०८०, सोमबार   १२ : ०७   बजे

काठमाडौ, १ असोज । चालु आर्थिक वर्ष सुरु भएसँगै विभिन्न वित्तीय संस्था र कम्पनीहरुले लाभांश घोषणा गरिरहेका छन्।

हालसम्म दुई दर्जन कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन्। जसमध्ये ५ वटा वाणिज्य बैंकले लाभांश वितरण गर्ने घोषणा गरेका छन्। लाभांश प्रस्ताव गर्नेहरुमा सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक र एनआईसी एशिया बैंक छन्।

 

सिटिजन्स बैंकले ५।७९ प्रतिशत लाभांश घोषणा गरेको छ। बैंकले ५।७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

माछापुच्छ्रे बैंकको भदौ १३ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकले गत आर्थिक वर्ष २०७९र८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको १३।३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०।७० प्रतिशत नगद गरि कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

त्यस्तै, एभरेष्ट बैंकको सञ्चालक समितिको भदौ २७ गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई २०।५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकले आर्थिक वर्ष २०७९र८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र १०।५३ प्रतिशत नगद गरी कूल २०।५३ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

त्यस्तै, सानिमा बैंकको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई १४।७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकले आर्थिक वर्ष २०७९र८० को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर र ५।७ प्रतिशत नगद गरी कूल १४।७० लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

यस्तै, एनआईसी एशिया बैंकको सञ्चालक समितिको भदौ २९ गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ३०।५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकले आर्थिक वर्ष २०७९र८० को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको २९ प्रतिशत बोनस सेयर र १।५ प्रतिशत नगद गरी कूल ३०।५ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिने छ।

माछापुच्छ्रे बैंकले भने लाभांश वितरण प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा पनि आह्वान गरिसकेको छ।

बैंकको भदौ २६ गते बसेको सञ्चालक समितिको बैठकले असोज १८ गते होटल पोखरा ग्राण्ड कास्कीमा बिहान ११ बजे बोलाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group