ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शरद् ऋतुमा मनास्लु हिमालबाटै उठ्यो झन्डै साढे तीन करोड रोयल्टी


एबीसी न्यूज
१ आश्विन २०८०, सोमबार   ४ : १३   बजे

काठमाडौ, १ असोज । शरद् ऋतुमा मनास्लु हिमाल आरोहणका लागि सबैभन्दा धेरै आरोहीले अनुमति लिएका छन् । नेपाल पर्यटन विभागका अनुसार भदौ २९ गते ९सेप्टेम्बर १५ तारिख०सम्म ३०१ आरोहीले मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएका छन् । जबकि, यस ऋतुका लागि विभिन्न ४७ देशबाट कुल ३३९ आरोहीले अमुमति लिएका छन् ।

भदौ २९ गतेसम्म शरद् ऋतुका लागि हिमाल चढ्ने आरोहीबाट कुल तीन करोड ६४ लाख ९९ हजार ५७७ रुपैयाँ रोयल्टी संकलन भएको छ । यसमध्ये मनास्लु हिमाबाट मात्र तीन करोड ४० लाख ३७ हजार ८२० रुपैयाँ रोयल्टी संकलन भएको छ ।

हिमाल आरोहणका लागि पर्यटन विभागले अनुमति दिन्छ ।

धौलागिरीबाट ११ लाख ९२ हजार ५० रुपैयाँ रोयल्टी संकलन भएको छ । मकालु एकबाट चार लाख ७६ हजार १०० रुपैयाँ रोयल्टी संकलन भएको विभागले जनाएको छ ।

कुम्भकर्णबाट एक लाख ९८ हजार र पथा हिमचुलीबाट एक लाख १२५ रुपैयाँ रोयल्टी संकलन भएको छ ।

विभागका अनुसार अन्नपुर्णबाट एक लाख ५८ हजार ९४०, रक्षा उराईबाट एक लाख पाँच हजार ६८० रुपैयाँ, हिमलुङ हिमाल, नेम्जुङबाट ६६ हजार ३७५ रुपैयाँ र थापा पिकबाट ३३ हजार ११२ रुपैयाँ रोयल्टी संकलन भएको विभागले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

सम्बन्धित

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu