ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इतर समूहलाई लक्षित गर्दै विश्वप्रकाशका तीन ट्विट, बैठकमा नजाने


एबीसी न्यूज
२ आश्विन २०८०, मंगलबार   १२ : ४६   बजे

काठमाडौ, २  असोज । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा पार्टीको इतर समूहले बोलाएको बैठकमा सहभागी नहुने भएका छन् ।

महासमिति बैठकबाटै पार्टीको नीति, गति र मति उपर साझा दृष्टिकोण निर्माण हुनुपर्ने उनको अडान छ ।

स्रोतका अनुसार आफू बैठकमा नआउने सन्देश शर्माले इतर समूहलाई दिइसकेका छन् । आज ट्विटरमा पनि उनले घुमाउरो संकेत गरेका छन् ।

तीनवटा ट्विट लेख्दै शर्माले आफ्नो धारणा प्रष्ट्याएका हुन् ।

उनले पार्टी महामन्त्रीको जिम्मेवारीप्रति आफू सजग रहेको उल्लेख गरेका छन् ।

पहिलो ट्विटमा शर्माले महासमिति मार्फत कांग्रेसमाथि उठेका विभिन्न प्रश्नको जवाफ खोजिने बताएका छन् ।

उनको ट्विट यस्तो छ ।

कांग्रेस कस्तो बन्ने र कांग्रेसमा को बन्ने ?

भन्दा महत्त्वपूर्ण प्रश्न

समाजमा असन्तुष्टि किन छ,

हामी त्यसमा कति दोषी छौँ,

वितृष्णा चिर्दै नवीन आशा र नयाँ विश्वासको लहर सृजना कसरी गर्न सकिन्छ

महासमिति मार्फत यी प्रश्नको निरूपणले देशलाई मार्ग दिन्छ र कांग्रेसलाई पनि

उनले दोस्रो ट्विट लेखेका छन्स्

पार्टी पङ्क्तिमा ऊर्जा

नागरिकको वितृष्णा चिर्दै नवीन विश्वास

०८२ मा महाधिवेशन सुनिश्चितता

समय चेत बुझ्न र हाँक्न सक्ने सभापति र अबको प्रधानमन्त्री काँग्रेसमा विचार समूहहरू र सिंगो संस्थाले विमर्शको केन्द्र यसैलाई बनाएर सार्थक बहस र तार्किक निष्कर्ष क्रमशः खोज्नु छ

उनी थप्छन्, ‘तर, अहिलेको समय महासमितिबाट नीति, गति र मतिउपर साझा दृष्टि निर्माणको समय हो । यो कर्ममा महामन्त्रीले संयोजन र सम्पादन गर्नुपर्ने जरुरी विषयहरूप्रति सजग छु र रहनेछु ।’

तेस्रो ट्विटमा उनले दलहरूमा फरक विचार र विचार समूह हुनु स्वभाविक भएको बताएका छन् ।

‘कांग्रेसमा पनि यो छरछन् । यो अभ्यासलाई हार्दिक ढंगले दिइनुपर्छ ।’

उनी थप्छन्, ‘तर, अहिलेको समय महासमितिबाट नीति, गति र मति उपर साझा दृष्टि निर्माणको समय हो । यो कर्ममा महामन्त्रीले संयोजन र सम्पादन गर्नुपर्ने जरुरी विषयहरुप्रती सजग छुररहनेछ ।’

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

सम्बन्धित

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group