ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वप्रकाश र प्रदीप शेखर समूहले बोलाएको बैठकमा गएनन्


एबीसी न्यूज
२ आश्विन २०८०, मंगलबार   २ : ५२   बजे

काठमाडौ, २  असोज । नेपाली कांग्रेसका नेता डा: शेखर कोइरालाको आह्वानमा मंगलबार दिउँसो पार्टीको इतर समूहको बैठक बालुवाटारमा सुरु भएको छ।

सम्पर्क कार्यालय बालुवाटारमा दिउँसो २ बजेदेखि सुरु भएको यो बैठकले आगामी बिहीबार बस्ने केन्द्रीय कार्यसमितिमा एकजुट भएर प्रस्तुत हुने गरी रणनीति बनाउने योजना छ।

आजको बैठकमा सहभागिताका लागि महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई पनि बोलाइएको थियो।

तर, दुवैजना नेताहरु यो बैठकमा सहभागी भएनन्। बैठकमा निम्तो पाएका नेता प्रदीप पौडेल मंगलबार नै दुई दिने एक कार्यक्रममा सहभागी हुन चीन जाँदैछन्। त्यहीकारण उनी उक्त बैठकमा सहभागी भएनन्।

महामन्त्री शर्मा पनि पार्टी केन्द्रीय कार्यसमिति बैठकअघि बोलाइएको गुट बैठकमा नजाने निष्कर्षमा पुगेका हुन्। पार्टी बैठकअगाडि बस्ने गुट बैठकमा जाँदा गलत सन्देश जाने उनले जनाएका छन्।

शर्मा कांग्रेसको चौधौँ महाधिवेशनमा नेता प्रकाशमान सिंहको प्यानलबाट उठेका थिए। सिंह अहिले सभापति शेरबहादुर देउवाको क्याम्पमा छन् भने शर्मा इतर समूहसँग निकट छन्।

शर्माले यसअघि कांग्रेस संसदीय दलको निर्वाचनमा इतर समूहमा रहेका अर्का महामन्त्री गगनकुमार थापालाई सघाएका थिए।

उता चीन जाँदै गरेका पौडेलले पनि चौधौँ महाधिवेशनमा तेस्रो धारका रूपमा रहेको कृष्णप्रसाद सिटौलाका तर्फबाट प्रतिस्पर्धा गरेका थिए। सिटौला समूहले सभापति देउवा समूहसँग मिलेर महाधिवेशनमा भाग लिएको थियो।

पार्टी केन्द्रीय कार्यसमितिमा इतर समूहबाट एक भएर प्रस्तुत हुने रणनीतिसहित कोइरालाले उक्त बैठक बोलाएका हुन्।

यो बैठकमा इतर समूहका सबै नेतालाई निम्तो दिइएको छ। यो बैठकमा शर्मा र पौडेलको समेत सुझावका आधारमा समूहले केन्द्रीय कार्यसमिति बैठक र भावी रणनीति तय गर्ने भएको छ।

केन्द्रीय कार्यसमिति बैठक बोलाइएपछि इतर समूहका नेता अर्जुननरसिंह केसीको आयोजनामा नेताहरूबीच केही दिनअघि छलफल भएको थियो।

उक्त बैठकपछि केन्द्रीय सदस्य बलबहादुर केसीले महामन्त्री शर्मा र नेता पौडेलसँग संवाद गरेका थिए। उक्त संवादपछि शर्मा र पौडेल दुवैलाई सहभागी गराउने गरी शेखरले बैठक बोलाएका हुन्।

आगामी बिहीबार केन्द्रीय कार्य समितिको बैठक बस्ने भएपछि कोइरालाले इतर समूहको बैठक बोलाएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group